नुवाकोटमा कोरोना सक्रमितको संख्या ७४ पुगेको छ । आज विदुर नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भए संङ्गै नुवाकोटमा संक्रमण हुनेको संङ्ख्या ७४ पुगेको छ । बिदुर नगरपालिका घर भई हाल काठमाण्डौ बस्दै आएका ३८ वर्षिय महिलामा आज कोरोना पुष्टि भएको हो ।
नुवाकोटमा हाल त्रिशुली अस्पतालमा ४ जना, खरानीटार
अस्पतालमा १ जना र काठमान्डौमा
७ जना गरी जम्मा ११ जना कोराना संक्रमितहरुको उपचार भइरहेको छ, भने नुवाकोटमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ६२ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनाले जानकारी दिनुभयो ।।



