काभ्रेमा आज एकै दिन ३५ जनामा कोरोना पुष्टि भएको छ । आज बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको स्पाईनल इन्जुरी अस्पतालका बिरामी र स्वास्थ्यकर्मी गरी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।
स्पाईनल इन्जुरी अस्पतालमा २ जनामा संक्रमण देखिएपछि ५९ जनाको परिक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टी भएको हो । यस सँगै जिल्लामा संक्रमण हुनेहरुको संख्या १ सय ३९ पुगेको छ । जस मध्ये ४३ जना निको भएर घर फर्किसकेका छन् ।



