विश्व रक्तदाता ११ भाषामा प्रकाशित


विश्व भ्रमण गर्दै रक्तदान गरेर समाजसेवामा नयाँ मापदण्ड कायम गरेका अर्जुन प्रसाद मैनालीद्वारा लिखित ”विश्व रक्तदाता” पुस्तक विभिन्न ११ भाषामा प्रकाशित भएकाे छ। पुस्तक हालै नेपाली र अङ्ग्रेजीका साथै मैथिली, थारु, तामाङ, नेवाः, मगर, लिम्बु, गुरुङ, शेर्पा र संस्कृत भाषामा पनि प्रकाशित भएकाे हाे। ब्लड डाेनर्स एशाेसियसन अफ् नेपाल (ब्लाेडान) द्वारा प्रकाशित पुस्तककाे सम्पादन मचाकाजी महर्जनले गर्नुभएकाे हाे। यस पुस्तकमार्फत् रक्तदानकाे महत्व
र चेतना जनमानसमा अझै बृद्धि हुने विश्वास लिइएकाे छ।

यसमा तपाइको मत