फेसबुक

- - निशा भण्डारी एटम


कोहिको नाम भुतको भाई कोहिको स्वर्गकी परी
जे मन लाग्छ त्यै राख्न पाइने बिचार थरीथरी!!

जति फेसबुक चलाए पनि कहिलै भत्ता नपाइने
बच्चा लडेको, भातसब्जी डडेको पत्ता नपाइने
न्युजफीड मात्र घिसार्दै बसे आज नि दिनभरी
जे मन लाग्छ त्यै राख्न पाइने बिचार थरीथरी!!

जाडरक्सी झै फेसबुके लतले, पार्न थाल्यो सार्हो
एकछिन नेट नहुदा त, टाईम पास गर्नै गार्‍हो
हजारौं दिन कटिसके लाइक ,कमेन्ट गरि
जे मन लाग्छ त्यै राख्न पाइने बिचार थरीथरी!!

कोहि भने साइबर क्राइम ,गरेर गए जेल
कोहि भने फेसबुकमा मात्र ,पढेर भए फेल
खबर सबै थाहा पाइने के हुदैछ वरिपरि
जे मन लाग्छ त्यै राख्न पाइने बिचार थरीथरी!!

पढ्दै नपढे नि यहाँ डिग्री होल्डर भइदिने
नेपालमै बसि बसि जापान जर्मन गइदिने
वालमा लेखी जागीरे बन्छन् केही काम नै नगरी
जे मन लाग्छ त्यै राख्न पाइने बिचार थरीथरी!!

यसमा तपाइको मत