काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गत २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको नरसंहारलाई प्रेमका कारणले भएको संसारकै पहिलो जातीय नरसंहार भएको जनाएको छ । सो संगठनको तर्फबाट अध्यक्ष हस्तबहादुर केसी र महासचिव केशरमणि कटुवालद्धारा जारी विज्ञप्तिमा यस्तो कुरा जनाइएको छ ।
सो नरसंहारमा जाजरकोट जिल्ला भेरी नगरपालिका–४ रानागाउँका नवराज विक र जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती गाउँकी सुषमा मल्लबीचको प्रेम विवाहको विषयलाई लिएर ६ जना दलित तथा गैरदलित युवाहरुको हत्या गरिएका थियो ।
“त्यो हत्याकाण्ड संसारकै पहिलो जातीय नरसंहार भएको हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ठहर गर्दछ, “उनीहरुद्धारा जारी ज्ञिप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा “इतिहासदेखि नै अमेरिका, दक्षिण अफ्रिकी मुलुकहरुमा श्वयत र अश्वयतकाबीचमा रंगको आधारमा अत्यन्तै चर्को जातीय विभेद रहदैँ आएको तथ्य जगजाहेर नै छ । त्यस्तै दक्षिण एशियाली मुलुक भारत र नेपालमा छुत र अछुत जातिका बीचमा, ठूलो जात र सानो जातका बीचमा, माथिल्लो जात र तल्लो जातका बीचमा चरम जातीय विभेद रहँदै आएको तथ्य पनि जगजाहेर नै छ । साथै दक्षिण एशियाली देश भारत र नेपालमा सबैभन्दा बढी जातीय विभेद र उत्पीडन कायमै छ । ब्राह्मणवादी जातीय अहंकारले नेपालका आदिवासी–जनजाति तथा दलित समुदायमाथि चरम विभेद र जातीय उत्पीडन कायम रहँदै आएको छ । यिनै मानवजातिकै कलंककारुपमा रहेको जातीय विभेद र रंगभेद नीतका कारण संसारका विभिन्न उत्पीडक जातिहरुद्वारा इतिहासदेखि नै हिंसा, हत्या, आतंकका कहालीलाग्दा घटनाहरु प्रशस्तै मात्रा नघटाइएका होइनन् । तर रुकुम पश्चिम चौरजहारी नपा–८ सोतीगाउँमा नवराज विक र सुषमा मल्लबीचको प्रेमको विषयलाई लिएर सुनियोजितरुपले घटाइएको हत्याकाण्डलाई विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यस हत्याकाण्डलाई संसारकै पहिलो हत्याकाण्ड भएको ठहर गरेको छ,” भनिएको छ ।
सो संगठनले विश्वक्रान्ति सम्पन्न भएर विश्व मानव समुदाय वैज्ञानिक समाजवादहुदैँ वैज्ञानिक साम्यवादमा पुगेपछि मात्र यस प्रकारका जातीय विभेद र उत्पीडन तथा वर्गीय विभेदहरु अन्त्य भएर सभ्य, सुन्दर र समानतामूलक मानव समाजको स्थापना हुने मालेमावादी सिद्धान्तलाई स्वीकार गर्दै त्यतातिरको यात्रामा लामवद्ध हुन सबैलाई आग्रह पनि गरेको छ ।




