स्रष्टा परिचय:- श्रीराम राई पिता बम बहादुर राई र माता चन्द्र कुमारी राईकाे सुपुत्रकाे रूपमा बि.सं २०३६ बैषाक १५ गते मझुवागढी नगरपालीका -७ खाेटाङ दिक्तेलमा जन्मिएका श्रीराम राई युवा लघुकथाकार हुन्। दुई दशकदेखि लघुकथा यात्रामा निरन्तर लागिरहेका श्री राम राईकाे मधुपर्कमा २०५६ बैषाकमा छाँपिएकाे लघुकथा ” अाश्वासन” पहिलाे लघुकथा हाे। त्यसपछि लघुकथा २०७४मा उनका पाँच अाेटा लघुकथाहरू प्रकाशित भएका छन्। अन्य विभिन्न साहित्यिक पत्रपत्रिका र लघुकथा कुनाे , लघुकथा पाठशाला र अाधुनिक नेपाली लघुकथा पेजमा पनि उनका लघुकथाहरू पढ्न पाइन्छ। सामान्य बिषय बस्तुमा पनि अाफ्नाे कला सिल्पी खिपेर उत्कृष्ट लघुकथा लेख्न सिपालु राईका बिशेषता हुन्। लघुकथा लेखन यात्रामा २०७३ मा गाेरखापत्र संस्थानद्वारा अायाेजित प्रतियोगितामा लघुकथा लेखनमा उनकाे लघुकथा उत्कृष्ट दशमा परेकाे थियाे। बरिस्ठ लघुकथाकार खेमराज पाेखरेलद्वारा सम्पादक गरिएकाे ” मदुस” लघुकथा संङ्ग्रहमा पनि उनकाे लघुकथा ” हर्कत” छाँपिएकाे छ। हाल उनी नागरिक न्युजकाे संम्वादाता रहि साहित्यिक पत्रकारीता गरिरहेका श्रीराम राईलाई इडन ब्रिज एकेडेमीले २०७५मा उनकाे याेगदानकाे कदर गर्दै ” इडन ब्रिज साहित्यिक पत्रकारीता सम्मान” गरेकाे छ। हाल काठमाडौंमा बसाेबास गर्दै अाएका श्रीराम लाई साहित्यिक लेखनमा अझ सफल्ता मिल्दै जाअाेस् भन्ने शुभकामना ब्यक्त गर्दै श्रीराम राईले लेख्नु भएकाे लघुकथा खाेज अनलाइन डट कम मार्फत पाठक सामु पेश गरेकि छु।
लघुकथा – रत्नपार्कको थाल ।
– श्रीराम राई
– जाने हो ?
हामी नयाँठिमी र रत्नपार्कको बसपार्कमा प्रायः सधैं भेटिन्थ्यौं । मैले उनी कुनै प्राइभेट अफिसमा काम गर्दैछिन् भन्ने अनुमान गरेको थिएँ ।
अचानक उनले मलाई भनिन्, ‘जाने हो ?’
मलाई अनौठो लाग्यो । मैले भने, ‘कहाँ जाने, किन जाने ?’
उनले भनिन्, ‘म एउटा अफिसमा चिया पकाउँथे । कोरोनाले हाम्रो अफिस उठ्यो ।’
मैले सहानुभूति भावमा भने, ‘ जे भए पनि किन यस्तो काम गर्नुपरेको । अरू राम्रो खालको काम पाइँदैन थियो ?’
उनले भनिन्, ‘यस्तो अवस्थामा कहीँ पाइएन काम ? दमकी रोगी सासूआमा र बाउबिनाको अढाई बर्से छोरीका लागि मैले यही बाटो अपनाएँ ।’
व्यस्त रत्नपार्कमा आउजाउ गर्नेहरूको घुइँचो थियो । मैले उनी नभएको अवस्थामा अरूलाई मपाइँ बन्दै साधु शैलीमा भनेँ, ‘कहाँ जाने किन जाने ? तिमेरू जस्तो म जथाभावी जाने हुँ र ?’
मैले उनीहरूलाई हैरान पारूञ्जेल हेरेँ । धेरैले मलाई चिन्न थालेका थिए ।
उनीहरू बलबुताले भियाएसम्म कन्भिन्स गर्दै भन्थे
– किन अप्ठ्यारो मान्नुहुन्छ तपाईं ?
– ठाउँ सुरक्षित छ, धन्दा मान्नुपर्दैन तपाईंले ।
– अप्ठ्यारो लागे कन्ट्याक्ट नम्बर लिएर हिँड्दै गर्नुस् न ।
म गिज्याउँथे, ‘जा, काम गरेर खा ?’
– किन जाने काम गर्न, कहाँ जाने काम गर्न ? अरूको काम गरेर के दिन्छ र हामीलाई । जहाँ भए पनि जता भए पनि हामीमाथि शोषणै शोषण हुन्छ भने किन जाने ? उनीहरू आपत्ति जनाउँथे ।
एकदिन मैले घरको रिस पोख्दै एउटीलाई मारबेसरी झपारेँ ।
उनी बोलक्कड रैछिन् । उनले भनिन्, ‘तेरो पनि घरमा नानीहरू होलान् । तँ सरकारी कर्मचारी भए पनि त्यही नानीहरूका लागि सरकारी थाल थाप्दै छस् हैन ?’
म अलमलान परेँ । केही बोल्नै सकिनँ । अर्कीले स्यान्डिल लाउँदै भनिन्, ‘हामी तिमीहरूजस्तै पुरुष होइनौ । तिमीहरू र पशुमा के फरक पर्छ र ? हामी त सन्तुष्टि दिएर पैसा लिन्छौं ।



