गाेकर्णश्वर नगरपालीका – ९ अारूवारी काठमाडौमा बि.सं २०१६ मा जन्मनु भएकाे कवि/ लघुकथाकार हुनुहुन्छ डा. विदुर चालिसे। बिधावािरधि गर्नु भएका बाैद्धिक ब्यक्तित्व डा. विदुर चालिसे ज्यू ले नेपाली साहित्य भण्डारमा थुप्रै अाफ्ना कृति दिई याेगदान पुराउनु भएकाे छ। उहाँका थुप्रै कविता संङ्ग्रह, लघुकथा संङ्ग्रह, अनुसन्धान ग्रन्ध, समेत गरि दुई दर्जन जति कृतिहरू प्रकाशित छन्।पेशाले त्रिभुवन बिश्वबिद्धालयका सहप्राध्यापक डा. विदुर चालिसे समालाेचनात्मक लेख, कविता, कथा,सम्पादन तथा प्रकाशन गर्दै अाउनु भएकाे छ। अाज मैले कवि / लघुकथाकार डा. विदुर चालिसे ज्यू द्वारा लिखित र अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएकाे लघुकथालाई खाेज अनलाइन डट कम मनर्फत पाठक सामु पेश गरेकि छु।
लघुकथा : क्यामराकाे रङ्ग
~डा. विदुर चालिसे
सभ्य शब्द, मृदुल शैली र उच्च आदरकाे शालीन लयमा मैयाँ बहिनीले भनिन् ।
–“फटाहाहरूकाे सङ्गत नगर्नु है दाइ, डुबाउँदा रैछन् ।”
आफ्नाे घरजम गरे खाएकाे जगतमानकाे विचार अलमल्लमा पर्याे । उसले कुरा नबुझेर मैयाँलाई आफ्नै जिज्ञासाले साेध्याे ।
–“कुरा बुझिन नि बहिनी मैले त !”
–“दाइ पनि, कुरा नबुझेकाे जस्ताे नगर्नु न !”
–“गाईखाने कुरा बुझिन नि त !”
–“उमम् ! दाइ, खाँटी कुरा छ के, बाैरिनु न ! नाम पनि जगत काम पनि !”
जगतमानकाे सम्झनामा मैयाँलाई निकै टेन्सन भएछ झैं लाग्याे तर उसले कुराे बुझेकाे चाहिँ थिएन । एकछिन गम खायाे अनि बाटाेकाे छेउमै उभिएर बसिरह्याे । मैयाँले पुन अर्काे लय हालेर जगतमानलाई भनी ।
–“दाइ सहयाेग गर्नुपर्याे मलाई ! म त बर्वाद हुने भएँ ।”
–“के काे सहयाेग चाहियाे र बहिनी ?”
–“हेर्नू न ! पाठशालामा मलाई पढ्नै मन लाग्दैन !”
–“त्यति राम्राे पढ्नेलाई पनि किन मन लागे न त ?”
–“कक्षामा गयाे कि वाक वाक बान्ता मात्रै आउँछ !”
–“उसाे भए बेसार ज्वानु खानु न त !”
–“मलाई के भएकाे छ र ?”
–“अैासानी !”
जगतमान प्रश्न र उत्तरकाे चपेटामा निकै रन्थनियाे । उस्ले कुनै शङ्काले पनि मैयाँकाे मनकाे अन्तर्यमा बस्न सकेन । सरासर उ घर गयाे । घरमा जगतमानकाे श्रीमती रिसाएर बसेकी थिई । उ भित्र पस्न नपाउँदै श्रीमतीले भाँडा बजारी र चिच्याएर एकाएक भनी ।
–“लाज सरम नभएकाे लबस्तराे !”
–“अरे ! मलाई किन गाली गरेकाे ?”
–“धाेकेबाज !”
यहाँ पनि उसले कुनै कुरा बुझ्न सकेन, झन अल्मलिंदै रह्याे । उसलाई देखेर उसका घरका अरू परिवार पनि छि:छि:, दुर: दुर: गर्न लागे । उसकाे चेहरा त्यसैत्यसै राताे न राताे हुँदैगयाे ।
–“लाै ! यही हाे लबस्तराे धाेके बाजकाे प्रमाण !”
श्रीमतीले प्रदर्शन गरेकाे फुटेजले उसका सब छल छामयुक्त बाेल्न खाेजिएका शब्दहरू बन्द भए । अनि बिस्तारै दुखित मनले आफ्नाे काेठामा गएर यसाे ऐनामा मुहार हेरेर उ जिल्ल पर्याे । आफ्नै गालामा टाँसिएकाे हरियाे टीका निकै जाेडले उप्कायाे । यसाे दायाँ हेर्याे, कालाे न कालाे गाजलकाे पाेताे पुछ्याे र अन्त्यमा उसकाे सेताे सर्टकाे अगाडि छातीकाे छेउमा टाँसिएकाे लिपिस्टिककाे राताे रङ्गकाे चुम्मन डाम बेसरी मेट्न खाेज्याे तर आकार मेटिए पनि रङ्काे धमिलाे प्रभाव मेटिएन । तब उसले आफ्नाे शरीर भर छि छि गर्दै लत्पतिएकाे सबै चिजदेखि काम्दै आफैलाई भन्याे ।
–“कडा रैछ बहिनीकाे मायाजाल त !”
लज्जा, हीनताबाेध र डरपाेक मानसिकताले बिस्तारै बाहिर निस्केकाे बलवान् जगतमानलाई फेरि परिवारले र्याखर्याख्ती पार्दै भने ।
–“सिसि क्यामराले कमसे कम हाम्राे हुर्मत जाेगियाे ।”
जगतमान निकै द्विविधामा थियाे । उसले यता हाे कि उता हाे भन्ने कुनै निर्यण गर्न सकेन । उस्ले अन्तिम चालले गुन्गुनायाे ।
–“सिसि क्यामराकाे कुराे ! त्यसै सयन पल्ट्याे !!”
वेदना, पीडा र छटपटीले असैह्य भएपछि एकचाेटी भित्तामा ड्याम्म निधार ठाेक्याे । उसकाे निधार छेउबाट बगेकाे रगत र लिपिष्टिककाे रङ्ग उसकाे गालामा अझै छुट्टिएकाे थिएन, एक पटक ताजुबले सबैजना क्यामराकाे रङ्ग बारे प्रष्ट भए ।
–“वेश्याबृति !”



