भारत आसाम बरपेटाका ज्ञानप्रसाद उपाध्याय चापागाईं र माता नेत्रकुमारी चापागाईंका सुपुत्रकाे रूपमा २०२२साल बैसाख ८ गते जन्मनु भएका योगप्रसाद उपाध्याय चापागाईंज्यू साहित्यिक ब्यक्तित्व हुनुहुन्छ । २२ वर्षको लामाे समय शिक्षणमा सक्रिय हुँदै २००६ सनमा परित्याग गरि आउनु भएका उहाँ नेपाली साहित्यमा समेत उतिकै सक्रिय रहदै आउनु भएकाे छ।
दजाैनाै पुस्तकहरूका प्रकासक उहाँले कविता र चित्रकारिताको कृति ‘सृजना’ प्रकाशित गरिसक्नु भएकाे छ । विभिन्न पत्रपत्रिकामा सम्पादन समेत गर्नु भएकाेे उहाँले भारतका पच्चिसवटा प्रदेश र नेपालका साठी जिल्लाहरू घुमी भ्रमण गरिसक्नु भएकाे छ। उमेरले ५५ काटि सक्नु भएका दिङला भोजपुरका चापागाईंज्यू! साहित्यिक ,सांस्कृतिक,सामाजिक र राजनीति अध्यन र लेखनमा सक्रिय हुँदै आउनु भएकाे स्रष्टा हुनुहुन्छ । उहाँकाे सु स्वास्थ ,दिर्घ जीवन र सफल्ताकाे कामना गर्दै उहाँले आधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेजअनलाइन डट .कम.बाट पनि आज पाठक सामु पेश गरेकी छु।
लघुकथा
विदेशी साहित्यकार
योगप्रसाद उपाध्याय चापागाईं दिङला भोजपुर ।
“नमस्ते ! मेरो नाम करुणा विष्ट हो । म यस पेजमा साहित्यिक कार्यक्रम लिएर लाइभमा आएकी छु । मलाई लाइक कामेंट शियर गरेर रचना पठाएर जोडिएर साथ दिनु होला !” ऊ हाँस्दै जम्लाहात जोरेर भन्दै थि ।
अघि पछि मेरो पृष्टमा आइरहने एउटा अनुहार । साथमा गुलाफ फूल रहेको तस्वीर । नाम करुणा विष्ट । ऊ समुहका पृष्टमा गएर लाइभ चलाउदि रहिछ ।
बेलुका पाँच बजे देखि छ बजेसम्म ऊ व्यस्त रहन्थि ।
“आहा अत्यन्तै मीठो !” उसको वाचनको प्रतिक्रिया आउँथिए ।
ऊ रोजगार खोज्दै खाडि मुलुक गएकी रहिछ । त्यहाँ ऊ ब्युटि पार्लरमा काम गर्दि रहिछ । लाइभ उस्को फुर्सदको समय ।
लाइभ सके पछि हामी इनबाक्समा जान थाल्यौं । नेपालमा उस्का आमाबाबु रछन् । सात वर्ष देखि ऊ विदेशमा नै बसि रहेकी रहिछ। राम्रो केटो भेटि भने स्वदेश आउने, बिहे गर्ने उस्को विचार ।
यत्तिको लाइभ कार्यक्रम चलाइ आएकी उस्लाई मन नपराउने कुरै भएन । मैले प्रस्ताव राखें । किन भने मेरो आफ्नै चेनेल थियो । मलाई करुणा विष्ट जस्ती उद्घोषक चाहिएकै थियो ।
ऊ पनि मान्ति भै । हाम्रो बिहे भयो । सोचे अनुसार चेनेलमा कार्यक्रम चलाउन सुरु गरि । केही दिन मै ऊ धडा परि । ऊ स्वदेशी अनुशासनमा टिक्न सकिन छ र दोडा बच्चा लोग्नेलाई जिम्मा लाएर विदेश गएकी रहिछ ।
मेरो काम फेरि खुल्यो । विज्ञापन राखें “एउटी राम्री उद्घोषिका चाहिएको छ ।”
****



