स्रटा परिचय / इन्दिरा ढकाल

- प्रस्तुति : तारा के सी


स्रटा परिचय:- पिता टिकाप्रसाद सापकाेटा र माता गाैरी सापकाेटाकाे काेखबाट बि.सं २०२४मा काठमाडौंमा जन्मिनु भएकि इन्दिरा ढकाल महिलासँग सम्बन्धित गैर सरकारी संस्थामा लामाे समय काम गरेकाे समाजसेवी हुनुहुन्छ । उहाँले रेडियाे नेपालमा २०४८मा स्वर परीक्षा पास गरि भजन र अाधुनिक गीत गाउनु भएकि इन्दिरा ढकाल ज्यू गायकाकाे रूपमा पनि परिचित नाम हाे। साहित्य तर्फ फुटकर रचनाहरू प्रकाशित गर्दै अाउनु भएकि इन्दिरा ज्यूले हाल लघुकथा बिधामा पनि कलम चलाउदै अाउनु भएकाे छ। हाल मैतिदेबीमा पति नरेन्द्र ढकालसँग बस्दै अाउनु भएकि इन्दिरा ढकालकाे सु स्वास्थ प्रगति र दिर्घ जीवनकाे कामना गर्दै उहाँद्वारा लिखित अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएकाे लघुकथालाई खाेज अनलाइन डट कमबाट प्रकाशित गरेकी छु।

सेवा
इन्दिरा ढकाल
“जेष्ठ नागरिकको लागि खोलिएको संस्था हो हजुर । कतिपय बेला निजी खर्च, कतिपय बेला विभिन्न व्यक्ति एवम् संघसंस्थाको सहयोगले चलिरहेको छ ।”
“राम्रो काम गर्नुभएको रहेछ । मैले जीवनभर सरकारी जागीर खाएँ तर यस किसिमका कार्यमा जोडिन पाएन । म यहाँहरुको संस्थालाई सहयोग गर्न चाहन्छु ।”
“राम्रो कुरा गर्नुभयो हजुर । हाम्रा लागि त खुशीको कुरा हो तर यसमा हजुरको घरपरिवारको पनि सहमति चाहिन्छ । भोलि उनीहरुको चाहना मारेर सहयोग गर्नुभयो भने त्यो पनि राम्र्रो भएन ।”
“हुन्छ, म अर्को दिन श्रीमतीलाई साथ लिएर आउँछु ।”
अर्को दिन—
“नमस्कार । आउनुहोस्, आउनुहोस्् । दुवै जनालाई स्वागत छ ।”
“नमस्कार धन्यवाद ।”
“मलाई जेष्ठ नागरिकका निमित्त सहयोग गरेर अत्यन्त खुसी लागेको छ । जेष्ठ नागरिकको लागि सहयोग गर्ने हाम्रो सल्लाह भएर नै हामी यहाँ आएका हौं ।”
“सरले मसँग सल्लाह गरेरै सहयोग गर्ने निर्णय गर्नुभएको हो । हाम्रा छोराछोरी सब सक्षम छन् । हामी अब कति नै बाँचौला र ? यस किसिमको सहयोग गर्न हामीलाई खुसी नै लाग्छ ।”
“यहाँहरूलाई धेरै धन्यवाद । म एउटा कार्यक्रमको आयोजना गर्छु । त्यस कार्यक्रममा त्यो दश लाख हस्तान्तरण कार्यक्रम गरौं । आखिर यस्तो राम्रो कार्यको बारेमा सबैले थाहा पाउन न ?”
“हुन्छ, जस्तो यहाँको मर्जी ।”
यो सम्वाद सुनेर मलाई लाग्यो, “यो स्वार्थ र महत्वाकांक्षाले भरिएको समाजमा, पैसाका लागि मानिसले मानिस मार्ने समयमा यस्ता महान व्यक्ति पनि हुँदा रहेछन् ।”
म श्रृद्धाले निकैबेर सम्म झुकिरहेँ ।

यसमा तपाइको मत