स्रष्टा परिचय:- कास्की रूपा गाउँपालीका दाड् शिमराङमा २०२८ कार्तिक २८ गते जन्मनु भएकि लघुकथाकार प्रर्भादेवी पाैडेलले एम.एडसम्मकाे शिक्षा हासिल गर्नुभएकाे छ। साहित्यका बिबिध बिधामा कलम चलाउदै अाउनु भएकि प्रर्भादेवी पाैडेल ज्यूले मुक्तक,कथा, लघुकथा, गजल, र कवितामा चलम चलाईरहने एक स्रष्टा हुनुहुन्छ। दुई छाेरी र एक छाेराकी मतामहि अामा प्रर्भादेवी पाैडेल हाल अाफ्ना सन्तान सहित भरतपुर ९ चितवनमा स्थायी बसाेवास गर्दै अाउनुु भएकाे छ। उहाँकाे सुस्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दै , लघुकथाकारकाे रूपमा अाफ्नाे पहिचान बनाउदै अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे लघुकथालाई अाज खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु।
लघुकथा: यसपालिको टीका
प्रभादेवी पौडेल
धनबिरका दूई छोरा, उनीहरुको बिच प्राय झगडा परि रहन्थ्यो अंशबन्डाको निहुॅमा। उनीहरूमा हात हालाहाल समेत् भएको थियो। कान्छो ले आफुले रोजेको अँश लिने त्यही माथि साॅधको आलि ताछेर हैरान पारेको थियो दाइलाई। यो पीडा खप्न नसकेर दाइले घर जग्गा बेचेर टाढै गएको थियो।उनीहरुको अबत जाबत नभएको पनि दश बर्ष पुगेछ। कती दशै आए कती तिहार आए उनीहरु आ- आफ्नै पाराले एक्लै मनाई रहेका थिए। नव रात्रिको बेलुका जब दाजु सुत्न भनि लागेको थियो लेनलाईनमा फोनको घन्टी बज्यो। पल्लो कोठामा फोन भएको हुनाले पहिला त उसलाई उठाऊन झ्याउ लागेको थियो। धेरै पटक पुरै घन्टी आउॅदै जाँदै गरेपछि कतै भोलीको टीका जुठो सुत्केरोले छेक्ने त होइन !भन्दै डराई डराई फोन तिर लम्कियो। एक्कासि उताबाट यो स्वर आयो , -“ढोग गर्या दाइ हामीसबै पुर्ण रुपमा निको भयौ , यसपालिको पहिलो टीको हजुरहरूको हातबाट लिने निर्णय गरियो।”
भाइको यी कुरा सुनेपछि दाइलाई एक्छिन त पस्चिम बाट घाम उदाएझै लाग्यो उ आफुमा सम्हालिएर भाइलाई भन्यो,- “हो भाई आज म तँसंग निक्कै खुसी छू , सबेरै हिड्नु।”
निक्कै रमाएर दाईले दुर्गा स्थापना गरेको ठाउमा गै हात जोडेर भन्यो, -“हे दुर्गा माता यो कोरोनाले गर्दा जसरी मेरो भाइमा बिचार रुपी शुम्भ निशुम्भ हटेर प्रेम जागृत भयो त्यसरी नै हर टुक्रिएका मनहरु आफ्नो गल्ति स्विकार्दै आजकै दिनबाट जोडिउन्,। ”
भरतपुर ९, चितवन
२०७७/७/१०



