स्रष्टा परिचय / उद्धवप्रसाद प्याकुरेल

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता देवीनाथ प्याकुरेल र माता मनमाया प्याकुरेलकाे सुपुत्रकाे रूपमा २०२८ भाद्र १८ गते सुनकाेसी गा. पा. ३ सिन्धुपाल्चोकमा जन्मनु भएका उद्धवप्रसाद प्याकुरेल नेपाली साहित्य जगतमा सुपरिचित नाम हाे। बिधागत रूपमा नलेखिएकाे पुस्तक उपन्यास, साफल्य बाल उपन्यास,२१ अाेटा बालकथाका कृतिहरू र २ अाेटा बालकविता संङ्ग्रह प्रकाशित गरि सक्नु भएका उद्धवप्रसाद प्याकुरेल मुलत बालसाहित्यकार र लघु कथाकारकाे रूपमा कलम चलाइ रहनु हुने सुपरिचित स्रष्टा हुनुहुन्छ। हाल सानाे ठिमी भक्तपुरमा स्थाई बसाेबास गर्दै अाउनु भएका उद्धवप्रसाद प्याकुरेल ज्यूकाे साहित्यिक क्षेत्रमा थप प्रगति सुस्वास्थ र दिर्घ जीवनकाे कामना गर्दै अाधुनिक नेपाली लघुकथा पेजका एडमिन समेत रहनु भएका प्याकुरेल ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघु कथालाई अाज खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु।

लघुकथा : अामा
उद्धवप्रसाद प्याकुरेल

बर्षाै पछि ऊ घर सम्झेर अायाे । अाँगनकाे छेउमा पुग्नासाथ भत्केकाे तुलसाकाे माेठले खुसी व्यक्त गर्दै भन्याे, ” अब अवश्य मेरा दिन फिर्ने छन् ।”
ऊ पिढींकाे डिलमा उक्लँदै थियाे । खडप्वालमा सिउरिएका पुराना चप्पलले देख्याे र खुसी व्यक्त गर्दै भन्याे, तिमीलाई दुःखकाे बेलामा मैले निक्कै सहयाेग गरेकाे थिएँ । “तिमी त अाफू निक्कै परिवर्तन भैसकेका रहेछाै । अासा छ अब हामीलाई पनि प्रशाेदन गरी नयाँ स्वरूप दिने छाै ।”
ऊ ढाेकाबाट छिर्याे । उसलाई ढुसी अाएका चुलाे, गाैरेटाे, दियाेघर, भढार, मझेरी, जालाे र ध्वाँसाे लागेका भार, हाँडी खाेपाे, खैजेडी, मदलले देखे । तिनीहरूले त्यस्तै खुसी व्यक्त गरे । ऊ चाेटामा उक्लिनासाथ पुराना सन्दुक, ठेकी, हर्पे, घ्याम्पाे, अारी, मान्द्राे, ढुकुटी जस्ता धेरैले उसलाई देखे र खुसी व्यक्त गरे ।
ऊ ती पुराना सामान देखेर झनक्क रिसायाे । उसले अाफ्ना अराैटे भराैटेलाई अादेश दियाे, ” यी थाेत्रा माेत्रा सबै सामान बारीमा लगेर जलाई देअाे र घर सफा गर ।”

अराैटे भराैंटे धमाधम पुराना समान घर नजिकै बारीमाअाेसार्न लागे ।
“बाबु, तिम्रा ज्ञानेन्द्रिय र कर्मइन्द्रियलाई पश्चिमी संस्कृति र अाधुनिकताले ढाकेकाे छ । संस्कृति त अामा हुन् । अामाकाे बाहिरी स्वरूपलाई सिर्जनात्कम बनाउन सकिन्छ तर तिमीले अामा नै अदल बदल गर्दै छाै । ठिक छ मलाई पनि लगेर जलाइदेऊ ।” उसले अदृश्य रूपमा सुनिरहेकाे अावज सुन्याे । उसले घरकाे चारै भित्ता नियालेर हेर्याे । सन्दुककाे माथि भित्तामा एउटा पुरानाे तस्विर देख्याे । उसले देख्नासाथ तस्विर अाफसे अाफ भुइँमा झर्याे जुन तस्विर उसकी स्वर्गीय अामाकाे थियाे ।

२०७७/०७/१२
सानाेठिमी भक्तपुर

यसमा तपाइको मत