स्रष्टा परिचय:- पिता ठाकुरनाथ भट्टराई र माता सुशिला भट्टराईकाे सुपुत्रीकाे रूपमा वि.सं २००५ मा काल्धारा काठमाडौं मा जन्मनु भएकि रन्जु श्री पराजुली मुलत बालसाहित्यकार हुनुहुन्छ। बालसाहित्य लेखनका साथ साथै उहाँले अन्य बिधा नियात्रा र अनुसन्धानात्मक लेखनमा हाल सक्रिय साथ कलम चलाई रहनु भएकाे छ। पद्मकन्या क्याम्पसमा लामाे समय प्राध्यापन गर्नु भएकि रन्जु श्री पराजुली ज्यू हाल अवकास प्राप्त हुनुहुन्छ। पछिल्लाे समय २०७५ सालमा ” घाइते मनिप्लान्ट” लघुकथा कृति प्रकाशन गर्नु भएकि पराजुली ज्यू काे यस अघि नै थुप्रै कृतिहरू प्रकाशन भैसकेका छन्। २०४८ मा ” सबै आमाकाे सपना” २०३९ बालकथा ” दस थुङ्गा फूल” २०५३मा ” म बिरामी छैन” २०५४मा “अात्माबिश्वास” २०५७मा सह लेखन “टाटे पाङ्ग्रे ” २०६१मा ” कथा बाटीका”” चिम्पु र घडी ” बालचित्रकथा २०६० “मित्तेरी गाउँ” २०६२ ” भुन्टी र बाघ” बालचित्र इं. १९१७ “रमाइलो दिन” २०७३ “राजकुमारी काया” २०७४ “रमाइलो हवाई यात्रा” २०७५ प्रकाशित बालसाहित्यका कृतिहरू हुन्। हाल अमेरिकामा बसाेवास गर्दै अाफ्नाे सिर्जनामा तल्लिन रहनु भएकि लघुकथाकार रन्जु श्री पराजुली ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे कथालाई खाेज अनलाइन डट कममा अाज प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र साहित्यिक प्रगतिकाे कामना गर्दछाै।
लघुकथा” स्तरिय खाजा”
रञ्जुश्री पराजुली
पढाईमा मात्र नभै अरु अतिरिक्त क्रियाकलापमा पनि अब्बल भएकीले एउटै छोरी भएर पनि उ फुर्कीएकी थिइन ।आमाबाबा दुवै सानी तिनो काम गर्ने भएकोले घरको काम दुबै मिलेर गर्दथ्ये। त्यसैले सबै कुरा त्यो गृहस्थीमा सुचारु थियो ।
उनीहरुको भान्छामा बजारमा उपलब्ध हरिया सागपात ,गेडागुडी पाक्दथ्यो ।सधै भात नभै मकै ,कोदो ,फापरको रोटी ,कहिले ढिडो पनि पक्दथ्यो ।खाजा पनि त्यस्तै गहुँको रोटी, मकैको पुवा आदि हुन्थ्यो ।काक्रो , अम्बा ,आरु ,आलुवखडा आदीको समयमा त्यही फलफुल खन्थे । रीया त्यही खाजा स्कुल लान्थी । अरुको सिको गरेर यो चाहियो उचाहियो भन्दिनथिई । बिरामी पनि त्यति पर्दैन थिई ।स्वाथ बलियो थियो ।त्यसैले उस्को पढाइ पनि राम्रो थियो । कक्षामा सधैं जसो राम्रो अंक ल्याएर उतिर्ण हुन्थी। तर उ सधारण पाठशालामा पढ्द्थी । त्यहाँ महङ्गा बोर्डिङ्ग स्कुल पनि थिए । कक्षासात पछि राम्रो स्कुल पढाउनु पर्छ ।अनि” सी” परीक्षामा राम्रो नतिजा ल्याएर काठमाडौको ठूलो कलेजमा पढाउँन पाईन्छ भन्ने सोचले ऋण गरेर खर्च जुटाएर बाबाआमाले छोरीलाई अंग्रेजी स्तरिय स्कुलमा भर्ना गराए । छोरीले ठुलाको संगत गर्छे ।अँग्रेजी पनि बलियो हुन्छ भने बुबाआमा ढुक्क थिए।
सुरुका केही दिन छोरी रमाएर स्कुल गई । स्कुलबाट फर्किएअ पछि नया साथीहरु र मिसहरुको बारे आमाबाबासङ्ग रमाईला कुराहरु गर्दथिइ । छोरी खुशी भएको देखेर बाबाआमा दङ्ग परेका थिए ।
बिस्तारै घरबाट लगेको खाजा जस्ताको तस्तै फिर्ता ल्याउँन थाली ।खाजाको बट्टा जस्ताको तस्तै फिर्ता ल्याउँदथी ।
बार्षिक परीक्षाताका बिरामी परेर दिन नै सकिन ।त्यहाँ को डाक्टरले उपचार गर्न काठमाडौ रिफर गर्यो ।
बिरामी छोरी उपचाखर्च जुटाएर बल्लबल्ल ठूलो डाक्टर कहाँ पुर्याए ।डाक्टरले सन्तुलित आहारको अभावले नानीलाइ रक्त अल्पता, भिटामिनहरुको अभाव भएको भनेर विभिन्न भिटामिनहरुका साथै सन्तुलित आहार जसतै गाउँमा प्रचलित खाने कुराहरु खानु भन्ने शिफारिस गरे ।तर छोरी भने स्कुलमा त्यस्तो खाना मिसले नै नल्याउँनु भनेकोले आफू त्यस्तो खाना खाँदै नखाने जिद्दी गर्न थाली ।छोरी विरामी भएको कारण थहा पाएर बबाआमा स्तरिय स्कुल पठाएकोमा पश्चा
तापमा गर्न थाले ।
रञ्जुश्री पराजुली
USA
२०७७.७.१२



