स्रष्टा परिचय:- पिता ताराप्रसाद पाैडेल र माता रमादेबी पाैडेलकाे सुपुत्रकाे रूपमा बि सं २०२८ भाद्र २९ गते हेटाैडा – ६ मकवानपुरमा जन्मनु भएका कवि/ लघुकथाकार किशन पाैडेल पेशाले ब्यवसाय पत्रकारीता गर्नुहुन्छ। बिधार्थी उमेर देखिनै साहित्यमा रुचि राख्दै कलम चलाउदै अाउनु भएका किशन ज्यूकाे २०४५/४६ सालमै विभिन्न पत्रपत्रिकामा बिबिध रचनाहरू प्रकाशित हुँदै अाएकाे थियाे। २०४६ सालमा राष्ट्रिय पत्रिका गाेरखापत्रमा उहाँकाे पहिलाे कविता ” प्याराे धर्ती” छापिएकाे थियाे। स्नातक सम्मकाे शिक्षा हासिल गर्नु भएका लघुकथाकार किशन ज्यूकाे गजल संङ्ग्रह “कहर” छिट्टै प्रकाशन हुने तयारीमा रहेकाे छ। उहाँ गीत, गजल, कविता, हाइकु, लघुकथा गरि साहित्यका बिबिध बिधामा कलम चलाउदै अाउनु भएकाे परिचित स्रष्टा हुनुहुन्छ। उहाँका लघुकथाहरूले अाम पाठककाे मन मुटु छाेएकाे छ। यस अर्थले पनि उहाँ सफल लघुकथाकार हुनुहुन्छ। उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे कथालाई अाज खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे साहित्यिक प्रगति सु स्वास्थ र दिर्घ जीवनकाे कामना गर्दछाै।
लघुकथा
खुसी
——किशन पौडेल
पत्थरले भन्यो,
“तिमी मलाई कुनै मन्दिरभित्र लगेर राखि देऊ
म भगवान बनेर तिमीलाई बरदान दिने छु “।
मान्छेले त्यो पत्थरलाई मन्दिरभित्र लगेर राख्यो
र बरदान माग्यो, “हे भगवान ! मेरा सारा दु:ख कष्टहरु निवारण गरिदिनुस्” ।
पत्थरले भन्यो्
” हे मनुवा ! म आफैं अत्यन्तै दुखित भएको छु ।
म बगरमा स्वतन्त्र थिएँ । हावा, पानी र माटोहरुसँग जुन आत्मियता र खुसी थियो त्यो अहिले गुमेको छ ।
सक्छौ भने फेरि मलाई पुन: त्यहीँ ठाउँमा लगेर राखिदेऊ ।
मान्छे नतमस्तक भएर फर्कियो !
***
हेटौंडा -४



