
गजल(काेराेना)
अचेल दिमाग काेराेनाले चाटीरहेकाेछ
लाग्छ भुत्ते खुकुरीले काटीरहेकाेछ
विश्वभरका लाखौं लाख मानिसहरूका
रगत पिई काेराेना मातीरहेकाेछ
पलपल मर्दै बाँच्दै पनि जिइरहेकीछु
लाग्छ उसले मृत्युसँग साटीरहेकाेछ
चर्किएको मुटुलाईजति जाेड्न खाेज्छु
चिरा चिरा परि झनै फाटीरहेकाेछ
धेरै थिए जिन्दगीमागर्नुपर्ने कार्यहरू
काेराेनाकै डर त्रासले थातीरहेकोछ ।



