स्रष्टा परिचय / आचार्य प्रभा

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता तिर्थराज भट्टराई र माता निरमाया( लिम्बू ) भट्टराईकाे सुपुत्रीकाे रूपमा बि.सं २०१९ असार १ गते दार्जिलिङकाे मानेभञ्ज्याङमा जन्मनु भएकि अाचार्य प्रभा नेपाली साहित्य जगतमा परिचित नाम हाे। २०३३ सालमा छाेटा कविताहरूकाे संङ्ग्रह प्रकाशित गर्नु भएकि साहित्यकार प्रभा अाचार्य ज्यूले “बैशालु” २०३३/३४ मा “अधुराे रहर कथा” हि. मा.वी काे बार्षिक पत्रिकामा -२० ३३/३४ देखि प्रकाशित हुँदै अाइरहेकाे छ। २०४३/४४ सालतिर रेडियाे नेपालकाे विभिन्न कार्यक्रमहरूमा नाटक,गीतिकथा, प्रसारण हुँदै अाएकाे र २०५५/५६ सालतिर सैनिक कार्यक्रममा प्रत्येक हप्ता गीति नाटक प्रसारण भएकाे। उहाँका अन्य प्रकाशित कृतिहरूमा :- कविता संङ्ग्रह ” परदेशबाट” – २०६१ अस्रय चीत्कार २०६८ ” मायाकाे नाकाबन्दी ” २०७५ गीति क्यासेट अडियाे” तिम्राे पर्खाइमा “ड्रिम्स” ” ईश्वर बन्दना” भजन संङ्ग्रह – २०४७ प्रकाशित छन्। हाल मुक्तक, हाइकु,लघुकथा,गजल, गीत र कवितामा कलम चलाउदै अाउनु भएकि अाचार्य प्रभा ज्यू काेठे साहित्यिक यात्रामा २०४७/५२ सम्म अध्यक्ष  , प्रतिभा निकेतन दमक, साहित्य कला संगम दमक, नवरंग प्रतिष्ठान धरमपुर नेपालकाे सदस्य भई काम गरेकाे। अ. ने. सा . काेलाेराडाे च्याप्टरकाे अध्यक्ष २०१२ / २१ सम्म र अ. ने. सा. केन्द्रीय अजिवन सदस्य समेत रहनु भएकाे अाचार्य ज्यु चार दशक यतादेखि निरन्तर कलम चलाउदै अाउनु भएकाे स्रष्टा हुनुहुन्छ। हाल श्रीमान केशव अाचार्य सँग अमेरिकाकाे काेलाेराडाे राज्यमा बस्दै अाउनु भएकि   प्रभा ज्यू ले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे कथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा -“डिस्ट्यान्स ”
आचार्य प्रभा -(अमेरिका )
-“बिभा आजकल तिम्रो श्रीमान् घरमा त्यति आउनु हुन्न नि,किन ?”निरजको प्रश्न तेर्सियो ।
बिभाले भनी। -“के गर्ने?अफिसको काममा ब्यस्त हुनुहुन्छ वहाँ। त्यति घर आउनै पाउँनु हुन्न। ”
बिभाको अन्जानपन र दह्रिलो विश्वासको प्रश्नले निरज मनमनै खिन्न भयो र उस्ले भन्यो।
-“त्यसो भए त श्रीमान् /श्रीमतीको सम्बन्धमा नै जागिरले डिस्ट्यान्स गर्ने भएछ। कतै जागिर नजिक भएर लभ यी जोडीको डिस्ट्यान्स् नहोस् है !”
बिभाको अटल बिश्वास फेरि जाग्यो र भनी। -“त्यस्तो कम्जोर छैन हाम्रो माया। बीस बर्ष पो भयो त !सँगै जीवन बिताएको। ”
तर……..निरज भने सोंचमग्न भयो। यता बिभा श्रीमानको बिश्वासमा निस्वार्थ छिन्। उता उस्को श्रीमान् भने अर्कै दुनियाँमा मस्त छ। परिवारलाई कामको व्यस्तताको भ्रम छरेर रंगरलियाँ मनाई रहेको छ जागिरे ठाउँमा।
-“दाइ,हजुरले अस्ति नै मलाई मेरो श्रीमानको बारेमा किन प्रश्न गर्नु भो ?क्यै थाहा भएर हो कि ?”बिभाले अचानक धेरै दिनपछी आत्तिएको आवाजले प्रश्न गरिन् निरजलाई।
निरज दोधारमा पर्यो। सत्य कुरा बताउँ या छलुं ?उस्ले अल्मलिंदै भन्यो। -“हैन धेरै समयसम्म सँगै नदेखेकोले मात्र सोधेको हुँ। ”
-“दाइ तँपाईले छल्दै हुनुहुन्छ। केही पक्कै थाहा छ हजुरलाई। मलाई सबै भन्नु होस् बहिनी सम्झेर। “बिभाले अनुनय बिनय गरी।
निरजले प्रतिप्रश्न गर्यो। -“किन मलाई प्रश्न गर्दैछौ बिभा !तिम्ले क्यै सुन्यौ प्रवेशको बारेमा। ”
उस्ले रुग्ण आवाजले भनी। -“दाजु मेरो बिश्वासमा कुठाराघात भयो। ”
अनि निरजले सबै कुरा खोल्यो र भन्यो। -“यति साह्रो अन्धोभक्त श्रीमतीलाई कसैले उन्को बिश्वास र प्रेममा खोचे थाप्न मिल्छ ?तिम्लाई धेरैजनाले जनाउ दिन खोजेकै हुन् तर तिम्रो श्रीमानप्रतिको माया र बिश्वासको कारण कसैले केही भन्न सकेनन्। मैले पनि अस्ति कुरा कोट्याएँ तर त्यो समय पनि तिम्रो जवाफले म अवाक बनें। ”
-“दाजु अब म के गरुँ “?बिभाले सुंक्सुकाउँदै प्रश्न गरी।
-“अब मैले के भनुँ ?तिम्रो बिश्वास नै धोकाको माध्यम बन्यो। आफ्नो श्रीमानको जागिर टाढा भएपछी आफुले पनि चासो राख्नु पर्छ। समय समयमा जानु पर्छ। उस्कै कुरामा मात्र बिश्वस्त हुनु हुँदैनथ्यो। “निरजले सम्झायो।
-“यस्तो ठुलो कुठाराघात होला भन्ने के थाहा ?त्यत्रा बढेका छोराछोरी छन्। मैले सपनामा पनि यस्तो धोका होला भन्ने सोंचेकै थिईनं। ”
बिभाले बिलौना पोख्न थाली।
निरजले सम्झाउँदै भन्यो। -“जे भो,भो। अब आफु बलियो बनेर अघी बढ्ने कोशिस गर्नु। जे गर्छ कानुनले गर्छ तर म हर महिलाहरुलाई यहि भन्न चाहन्छु कि,आफ्नो श्रीमान् टाढा जागिरको शिलशिलामा हुँदा पनि आफुले पनि निगरानी राख्न जरुरी छ। के थाहा ? लोग्ने मान्छे बारको घोंचा भन्छन् जता पनि बार बनेर अडिन सक्छन्। जागिरको सामिप्यता नै मायाको दुरी बनेका धेरै प्रमाणहरु छन्।
निरजको कुराले बिभा मौन बन्दै अतितमा तैरिन थालिन्।

 

यसमा तपाइको मत