स्रष्टा परिचय / छविरमण सिलवाल

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता देवीप्रसाद सिलवाल र माता दिर्घलक्ष्मी सिलवालकाे सुपुत्रकाे रूपमा नवबुद्ध नगरपालीका मेथिनकाेटमा बि.सं २०२७ कार्तीक १५ गते जन्मनु भएका कवि/ लघुकथाकार छविरमण सिलवाल नेपाली साहित्य जगतमा परिचित नाम हाे।२०४७ सालमा नवकवितामा अाफ्नाे पहिलाे कविता” जागिरे ” प्रकाशन गरेर निरन्तर नेपाली साहित्यका बिबिध बिधामा कलम चलाउँदै अाउनु भएका एक स्रष्टा हुनुहुन्छ उहाँ। उहाँका प्रकाशित कृतिहरूमा १. सहृदयी स्वरहरू संयुक्त कविता संङ्ग्रह २.सिर्जनाका लहरहरू समालाेचना- २०६४ ३. मनकाे शिविरबाट कविता संङ्ग्रह ४.ग्रिनबिचकाे साँझ नियात्रा लगायत बालसाहित्यका कृतिहरू प्रकाशित छन्। दुई दर्जन भन्दा बढी साहित्यिक संघ संस्थाबाट पुरस्कार र सम्मान पाइसक्नु भएका कवि/ लघुकथाकार छविरमण सिलवाल ज्यू काभ्रेली साहित्य समाज /सुनकाेशी साहित्य प्रतिष्ठान/ जनमत प्रकाशन/ सुगन्ध प्रकनशनमा संलग्न रहदै अाउनु भएकाे छ । हाल उहाँ रेडियाे अन्नपूर्ण ९४ मेघाहर्जमा कार्यक्रम संचालक र खुल्लामञ्च डट कम अनलाइन पत्रिकाकाे संयाेजक भई नेपाली भाषा साहित्यकाे सेवा गर्दै अाउनु भएकाे छ। अाज मैले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएकाे उहाँकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहहाँकाे सु स्वास्थ दिर्घ जीवन र साहित्यिक प्रगतिकाे कामना गर्दछाै।

  • विरामी
    –छविरमण सिलवाल
    संधै म छोरोलाई यही बाटो स्कुल लैजाने गर्छु । बाटोमा देखिने दृश्यहरूले उसको कौतुहल वढ्दै जान्छ । एकदिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसको आँखा प¥यो, र सोध्यो ‘बाबा अरू गाडी गुड्दा त कराउँदैनन् । यो गाडी चाहिँ किन कराउँदै हिड्छ ।’ मैले भने ‘बाबु यो एम्बुलेन्स हो, यसमा बिरामीहरूलाई राखेर अस्पताल लैजाने गरिन्छ । छिटोछिटो लैजानको लागि यो गाडी कराएको हो यसलाई सवैले बाटो छोडिदिनुपर्छ । यसको बज्नेलाई साइरन भनिन्छ । उसले बुझेजस्तो ग¥यो र ए ! मात्र भन्यो । मैले उसलाई स्कुलको गेटसम्म पु¥याएर घर फर्के ।
      
    केही दिनपछि अगाडि पछाडि पुलिसको गाडी साइरन बजाउँदै कुद्दै थियो । मन्त्रिको गाडी बिचमा थियो । सडकपेटीबाट म उसलाई स्कुल पु¥याउँदै थिए । फेरि उसको भन्यो ‘आज त विरामीहरू धेरै भएछन् नि बाबा ! पुलिसहरु पनि रहेछन् । बिरामीहरुलाई सुरक्षा पनि चाहिन्छ बाबा ?’ एकै श्वासमा भन्यो । मैले उसको जिज्ञासालाई शान्त पार्दै मैले भने ‘ बाबु यीनीहरु विरामी होइनन् । देशका मन्त्रिहरु हुन् । ठूला मान्छेहरू यीनीहरुको सुरक्षाका लागि पुलिसहरु अघिपछि लागेका हुन् ।’ उसले केही बुझें जस्तो गरेर भन्यो । उनीहरु त संधै विमारी नै हुन्छन् कि क्या हो बाबा ? सधै एम्बुलेन्समा चढ्दा रहेछन् ।
    उसको कुरा सुनेर म अवाक भए ! ! ! ! ! ! ! !
      

यसमा तपाइको मत