स्रष्टा परिचय / खगेन्द्र प्रसाद बस्याल

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता भाेजराज बस्याल र माता स्व. ढुण्डका देवी बस्यालकाे सुपुत्रकाे रूपमा बि.सं. २०१६ चैत १ गते साेमबार बगनासकाली- ७ दैलातुङ्ग फाँट पाल्पामा जन्मनु भएका खगेन्द्र प्रसाद बस्याल नेपाल सरकारकाे पुर्व प्रसासकीय अधिकृत रहि पछिल्लाे समय लघुकथा लेखनमा विशेष अाकर्षित बन्दै कलम चलाउँदै अाउनु भएका एक स्रष्टा हुनुहुन्छ। फरक किसिमबाट साहित्यिक रचना गर्ने उहाँकाे अभिरुचि भएकै कारण उहाँले पहिलाे पटक हाइकु प्रदर्शनी र प्रदर्शन गर्नु भएकाे थियाे। उहाँका प्रकाशित कृतिहरूमा हाइकु, काव्य र गजल रहेका छन्। फुटकर रचनाहरूमा प्राय सबै बिधामा कलम चलाएकाे स्रष्टा हुनुहुन्छ उहाँ। राष्ट्रिय बाछिटा प्रतिष्ठानकाे अध्यक्ष, तिलाेत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठान रूपन्देही सल्लाकार, विभिन्न साहित्यिक संस्थानकाे अाजिवन सदस्य, कृषक समुहकाे अध्यक्ष रहि सामाजिक र साहित्यिक संस्थामा सेवारत खगेन्द्र बस्याल ज्यूले नेपालका सबै प्रदेशका अतिरिक्त भारत, श्रिलंका,र मालदिभ्सकाे भ्रमण गरिसक्नु भएकाे छ। स्थायी रूपमा तिलाेत्तमा न .पा – ९ सरस्वती पथ रूपन्देही मा बसाेवास गर्दै अाउनु भएका खगेन्द्र बस्याल ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइनमा डट. कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन एवं प्रगतिकाे कामना गर्दछाै।

लघुकथा-
बिदामा गाउँ
——
* खगेन्द्र बस्याल
उदय र विनयको घर काठमाडौंको नयाँ सडकमा थियोे ।दुवै अत्यन्तै मिल्ने मेहनती र जिज्ञासु स्वभावका थिए।उनीहरू कक्षा सातमा पढिरहेका थिए।जाडो यामको बिदा हुन लागेको थियोे ।यसैले उदयका बाबु हरिलालले उसलाई सोधे -“छोरा यो जाडो बिदामा कहाँ घुमाउन लगुँ तिमीलाई।” उदयले भन्यो “बुवा, मलाई कहाँ घुमाउन चाहनु भएको छ ?”
केहीबेरको मौनता पछि हरिलालले” तिमी आफै भन,पोखरा ,दार्जिलिङ वा लुम्बिनी !”
उदयले भन्यो “मलाई त्यहाँ जान मन छैन ।”
हरिलाल अचम्मै परे।यति राम्रो ठाउँमा बताउँदा पनि कुनै ठाउँको बारेमा चासो राखेन।कतै यी महत्त्वपूर्ण ठाउँको बारेमा थाहा छैन कि सोचे।यसैले सोधे “तिमीलाई यी पर्यटकीय ठाउँको बारेमा जानकारी त छ!”
उदयले भन्यो “किन थाहा नहुनु !मैले त त्यो भन्दा महत्त्वपूर्ण यो उमेरमा कुन हुनेछ पो भनेको !”
हरिलाल झन अचम्मित भए ।यसैले सोधे ” उसो भए कहाँ लैजाउँ त!”
उदयले भन्यो ” हजुरको पुर्ख्यौली गाउँ जान चाहेको छु।”
हरिलालले यो प्रश्नको रहस्य बुझ्न चाहे।यसैले सोधे “के कुराले तहाँ जान प्रेरित गर्यो तिमीलाई!”
उदयले भन्यो ” बुवा मेरो साथी बिनय गतहप्ता आफ्नो बुवा जन्मेको गाउँ गएको रहेछ।त्यो गाउँका मानिसहरु अत्यन्तै इमानदार ,परिश्रमी ,झुट नबोल्ने ,सवैले एक अर्को पुजा बिवाह लगायत विभिन्न संस्कारमा आफ्नै घरको काम सम्झेर सहयोग गर्ने ,आफ्नो मौलिक सँस्कृतिलाई जगाउने देखेछ।वास्तविक देश देख्न त गाउँ जान पर्ने लागेछ।उसको कुराले मलाई तान्यो।यसैले हरेक बिदामा मलाई गाउँमै गएर उनीहरूको महानता सिकी शहरमा पनि सोही अनुसार अवलम्बन गर्नुपर्ने लाग्यो ।किनकि यो हाम्रो वास्तविक कुरा सिक्ने बेला हो। अन्यत्र घुम्ने काम त दस कक्षाको परीक्षा दिएपछि गरौंला ,हुन्नर बुवा!”
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

यसमा तपाइको मत