स्रष्टा परिचय:- पिता बद्री कुमार शर्मा र माता अासा शर्माकाे सुपुत्रकाे रूपमा बि. सं २०३१ मंसिर २० गते माेरङ्ग बिराटनगरमा जन्मेर स्नातकोत्तर सम्मकाे अध्यन गर्नु भएका मनीष कुमार शर्मा अध्यापन पेशामा समंलग्न हुनुहुन्छ। बिश्वभरि फैलिएकाे काेराेना प्रकाेपकाे कारणले घरमै सुरक्षित बस्नु पर्दाकाे समयलाई सदुपयोग गर्दै साहित्य लेखनमा लाग्नु भएका ” समित” ज्यूले “कथाकाे भकारी” कथा संङ्ग्रह र “हराएकाे शहर” लघुकथा संङ्ग्रह कृतिका रूपमा प्रकाशनकाे तयारीमा रहेका छन्। छाेटाे समयमै दुई अाेटा कुति लेखेर नेपाली लघुकथा साहित्यमा प्रबेश गर्नु भएका लघुकगाकार मनीष कुमार शर्मालाई हार्दिक बधाई दिदै उहाँले अाधुनिक लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथाः हराएको शहर
बुढा बालाई प्रायः त्यो भग्नावशेस मन्दिरमा देखिरहन्थे । अग्लो स्थानमा रहेको त्यो मन्दिरबाट उदास र मलिन अनुहारमा उनी सधै अग्ला–अग्ला कंक्रीट महलहरूले सुशोभित शहरलाई निहाली रहन्थे । उनी कतै केही खोजिरहेको जस्ता देखिन्थे । कौतुहलताले म उनलाई सोध्न पुग्छु “बा तपाईलाई प्रायः यहीँ केही खोजिरहेको देख्छु के खोज्नु भएको बा ? “
“म मेरो शहर खोजिरहेको छु ।“ उनले मलिनताको साथ जवाफ दिए । मैले आशय बुझ्न सकिन र एक टकले उनलाई हेर्न थाले । मेरो भाव बुझेर होला उनले भन्न थाले –
“मेरो शहर घना जंगल तथा पहाडको बिचमा रहेको अति नै सुन्दर थियो । मानवता र उदारतामा परिपक्वता । छरछिमेकमा ऐंचो पैंचो गरी मीठो मसिनो खाने चलन थियो । विपत् घडीमा सहयोगी हातहरू थिए । स्वच्छ र सुन्दरताले भोकले निन्याउरो परेको अनुहारमा मन्द मुस्कान खुल्थ्यो । हेर्दा हेर्दै एकाएक यो शहर यहाँबाट गायब भयो ।
“ट्याँट्याँ–टुँटुँ गरिरहेका सवारीका लाम, फोहोर, बिग्रिएका सडक र अस्तव्यस्त व्यवहार, हत्याहिंसा, छुवाछुत यी घिनलाग्दा प्रवृतिले कूरूप भयो । चहक हराउँदै कहर बन्दै गयो । रथको हो कि रगतको जात्रा छुट्याउन नसकिने भयो । विभिन्न तरिकाले सम्पत्तीजोडि ठुला महलमा विषाक्त श्वास फेर्दै, सामाजिक संजालमा पोष्ट गर्न व्यस्त मानव आकृतिहरू देखिन थाले । अनि कहिल्यै नभेटिने गरि मानवताका पक्षहरू विलिन भए ।“
“आज मेरो शहर विशाल अनन्तता बिचमा कतै हराएको छ । मेरो आवाज मेरो पुकार कतै बिलाउँछन । धुलो, धुवाँ र कोलाहल, यो डरलाग्दो खन्डहर, मठ मन्दिर बिच हीनताबोधले मेरो वात्सल्य खोजिरहेको छु । मेरो आफ्नोपन खोजिरहेको छु ।“



