स्रष्टा परिचय:- पिता प्रेमलाल श्रेष्ठ र माता टिकामाया श्रेष्ठकाे सुपुत्रकाे रूपमा बि.सं. २०२६ असार ३ गते बनेपा नगरपालीका -१४ साँगामा जन्मनु भएका स्रष्टा जयदेश श्रेष्ठ नेपाल बैक लि. बाट हालै अवकास प्राप्त भएर नेपाली लघुकथा बिधामा कलम चलाउदै अाउनु भएका एक सक्रिय स्रष्टा हुननुहुन्छ। उहाँका लघुकथाहरू / कथाहरू/ लेखहरू स्थानीय पत्रपत्रिकाहरूमा निरन्तर प्रकाशित भइरहेका छन्। अाफ्नाे रूचिकाे बिषय साहित्य भएकै कारण विभिन्न साहित्यिक कार्यक्रमहरूमा उपस्थिति जनाउँदै अाउनु भएकाे छ। फेसबुक पेजबाट संचालन भईरहेका लघुकथाका पेजहरू र अाधुनिक नेपाली लघुकथा पेजबाट प्रेरित भएर हालसम्ममा उहाँले दुई/ तीन सय अाेटा लघुकथा/ केही कथाहरू लेखिसक्नु भएकाे छ। हामी उहाँकाे लघुकथा लेखन प्रतिकाे अभिरुचिले लघुकथा लेखनमा उहाँलाई सफलता मिल्याेस् भन्ने शुभेच्छा प्रकट गर्दै उहाँले अाधुनिक लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वस्थ दिर्घ जीवन र सफलताकाे कामना गर्दछाै।
तेस्रो वार्षिकोत्सवको सन्दर्भमा प्रस्तुत
लघुकथा / दाजुभाईको समन्ध
जयदेश श्रेष्ठ
टुपुक्क कोठामा आई पुगेका भाइ बुहारी देखेर मैले सोधेँ ।
के काम पर्यो त आज !
टाउको कन्याउँदै भाइ बोल्यो, सिफारिस लिनको लागी दाइको दस्तखत चाहिएको थियो ।
खोइ कहाँ सही गर्नु पर्यो मैले !
भाईले फाईल झिकेर जहाँ जहाँ देखायो मैले सही गर्दै गए । बुहारी विजय भावले खुसी हुँदै थिइन । भाइ डर मानी मानी कागजका पानाहरू पल्टाउँदै थिए । श्रीमती रिसले रन्थनिएकी थिइन् । सबै कागजमा सही गरी सकेर मैले आरामले फाइल एक एक गर्दै हेर्दै गए । अब त चित्त बुझ्यो होला नि !
मैले तिमीलाई विश्वासमा सही गरी दिए । तिमीले त खाली कागजमा पनि सही गरायौ त ! भाइ बोल्न नसकेर अक्क मक्क पर्दै थियो । बुहारीले केही हुदैन दाइ धन्दा मान्नु पर्दैन । हामीबाट हजुरहरूलाई केही अप्ठेरो पर्दैन भन्दै थिइन् ।
“बुबा आमाको सम्पती हामी दाजुभाइ मिलेर नै बसेका थियौ तिमीहरु पराई आफ्नो भएर आई अब हामीलाई पराई बनाउन खोज्यौ ।”
हेर भाइ हक अधिकारले हाम्रो नाता तोडन नपरोस् !
“यहाँ के के जालसाज पो गर्न लागेको हो ।” तपाई हेर्दै नहेरी खुरु खुरु सही गरी दिने ? श्रीमती च्याँठिई !
हाम्रो दाजु भाइको कुरा हो । तिमीहरु आफ्नो काम गर !
भाईले नरम हुँदै बोल्यो । मैले पनि राम्रो सँग हेरेको छैन दाइ यो कागजात यही नै राख्दा हुन्छ । हामी संगै गएर भागबन्दी कित्ताकाट गरौला नि हुन्न दाइ ।
जालमा परेको माछो फुत्किए झै बुहारी भाईलाई ईसारा गर्दै तान्न खोज्दै थिई ।
मेरी श्रीमतीले ल आज सबैजना यही खाना खानु पर्छ । भन्दै बुहारीलाई भान्सा तिर तान्दै थिइन् ।



