नरेश अमात्यको जन्म २०२६ कार्तिक ४ गतेका दिन ललितपुरको महापाल कायगुननिमा लक्ष्मी अमात्य एवम्् रामप्रसाद अमात्यका सुपुत्रका रुपमा भएको थियो । अमात्यले स्नातक तहको शिक्षा हासिल गरेर हाल स्वास्थ्य सेवामा संलग्न छन् । यिनले लघुकथाको साथसाथै कविता विधामा पनि आफ्नो कलम चलाएको पाइन्छ । यिनको नेपाल भाषामा आखे नामक लघुकथा कृति प्रकाशित छ । उनले ग्वाहानी पारिवारिक पौ (नेपाल भाषा) एवम् माया मासिक (नेपाली) को सम्पादन गरेको पाइन्छ । उनले आँखे पुस्तकको लागि श्याम विश्व सिरपा (पुरस्कार), महाकवि गिरिजाप्रसाद जोशी पुरस्कार, स्वनिग लघुकथा प्रतियोगितामा प्रथम स्थान पाएका छन््। उनी आबद्ध संस्थामा रेडियो सगरमाथा, पाटन फाइनान्स लिमिटेडको संचालक, उर्जा इन्भेष्ट कम्पनीको सञ्चालक, उर्जा बचत तथा ऋण सहकारी संस्थाको सदस्य, जेसिस एवम् लायन्स क्लबसँग पनि आबद्ध रहेका छन् ।

लघुकथा
बिद्रोह/स्वतंत्रता
-नरेश अमात्य
-शरिरको एकता आज अन्त्य भयो ।
“मैले आज बिद्रोह गरें…..ठुलठुला आँखा पारी आँखाले बिद्रोह गरि भन्यो, “मस्तिष्कले गरेको कार्य मलाई मान्य छैन,मैले चाहंदा नचाहंदै मस्तिष्कले भने जसो कार्य संचालन गर्नु पर्ने मेरो लागि अन्याय अनि हुकुमीपन हो, त्यसैले आज देखि मैले शरीरलाई त्याग गरें ।
-यस बिद्रोहमा हात/ खुट्टा /कान/….आदि/इत्यादि यावत समर्थकले पनि आँखाको समर्थन गर्दै बाहिर निस्कियो ।
– यस्तो बिद्रोहबाज सामु मस्तिष्कको केही लागेन त्यसैले आफुले गरेको कार्यलाई आत्मालोचना गर्दै बक्तब्य निकाल्यो कि अब उप्रान्त मैले कसैलाइ आफ्नो अधीनमा राख्दिन आ-आफ्नो काम आफैले स्वतन्त्रपुर्बक गर्ने भनी बक्तब्य मार्फत नै आफ्नो राजिनामा पेश गर्यो ।
– मस्तिष्कको कार्य रोक्ना साथ स्वतस्फूर्त प्राय सबै जसो अंगहरुले काम गर्न सकेन अन्तमा ,
शरीरको एकता नभएर आज संरचनाको अन्त्य भयो।