स्रष्टा परिचय / रत्नप्रसाद अनामणि श्रेष्ठ

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:-पिता लालबहादुर श्रेष्ठ र माता जनकमाया श्रेष्ठकाे सुपुत्रकाे रूपमा २०२६ असाेज ६ गते बनेपा नगरपालीका नालामा जन्मनु भएका रत्नप्रसाद अनामणि श्रेष्ठ ज्यूले एम.ए, बि. एड.सम्मकाे शिक्षा हासिल गर्नु भएका अनामणि ज्यूले खाेज अनलाइन रेडियाे, खाेज अनलाइन टेलिभिजन, साहित्यिक पत्रकारिता बिबिध बिषयमा सक्रिय साथ लागिरहनु भएका एक सक्रिय स्रष्टा हुनुुन्छ। विभिन्न साहित्यिक संघ संस्थामा अाबद्व रहेर अाफ्नै निवासलाई समेत साहित्यिक चाैतारी बनाउदै अग्रजलाई सम्मान र अनुजलाई प्राेत्साहन गर्दै अाउनु भएका साहित्यकार हुनुहुन्छ उहाँ। उहाँले नेपाली साहित्यमा तीन दर्जन भन्दा बढि कृतिहरू दिईसक्नु भएकाे छ। विभिन्न साहित्य संस्थाबाट पुरस्कृत र सम्मानित भई सक्नु भएका श्रेष्ठ ज्यूले चारदशक देखि निरन्तर साहित्यमा कलम चलाउदै अाउनु भएकाे छ। गजल, हाइकु, कविता, निबन्ध, समीक्षा, बालसाहित्य, मुक्तक, नाटक, उहाँले कलम चलाउनु भएकाे बिधाहरू हन ।

पहिलो प्रकाशित कविता (साल/पत्रिकाको नाम) : बि.सं.२०४५ ,मासिक पंचायत ,बर्ष ६ ,अंक ८

प्राप्त पुरस्कार :

१. जनमत -जनक सेवा सम्मान, बनेपा काभ्रे २०७३

२.दीपज्योति सम्मान ,काठमाडौँ २०७५

३.खड्गबेद अक्षर मार्ग काभ्रेली स्रष्टा सम्मान २०७६

४.सिम्पल सम्मान २०६८ ,सिम्पल आटर्स बानेश्वर ,काठमाडौँ

साहित्यिक संस्थागत संलग्नता : (प्रीति फन्ट वा युनिकोड नेपाली फन्टमा पठाउनुहुन अनुरोध छ ।)

१.काभ्रेली साहित्यक संगम ,काभ्रे –संस्थापक सदश्य

२.सुनकोशी साहित्य प्रतिष्ठान –संस्थापक सदश्य

३.हृदय चन्द्र सिंह साहित्यिक प्रतिष्ठान –संस्थापक सदश्य

४.साहित्यकार खेलकुद समाज नेपाल –संस्थापक सदश्य

५.पूर्ण प्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान् केन्द्र –आजीवन सदश्य

६.संसाक साहित्यिक मासिक — सल्लाहकार

७.साहित्य तथा संस्कृति बिचार मंच — सचिब

८. जनमत साहित्यिक प्रतिष्ठान — विशिष्ट आजीवन सदश्य

९.कौशिक द्वैमासिक — विशिष्ट सदश्य

१०.अक्षर मार्ग — विशिष्ट सदश्य

११.संकल्प यात्रा त्रेमासिक –सल्लाहकार

१२.कपन बानेश्वर साहित्यिक –आजीवन सदश्य

अाधुनिक नेपाली लघुकथा पेजममा पाेष्ट भएकाे उहाँकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा:-अाधुनिक भाइटिका
~ रत्नप्रसाद अनामणि
” बिनिता! यदि राम्राे ठाउँबाट प्रस्ताव अाएकाे भए स्विकारी दिनु। हेर बिनिता! मेराे पनि गाउँमा दुई दुई अाेटा छाेराहरू छन्। साेझी गाउँले श्रीमती छिन्। उनी माथि साैता थपेर म अन्याय गर्न सग्दिन। तिमीलाई लाग्ला तिमीलाई अन्याय गर्याे भनेर तर पिर नगर्नु।” निकै भावुक भएर किरणले भने। बिनिता भने चुपचाप किरणकाे कुरा सुनिरहेकि थिई। किरण भन्दै थियाे;
” म सबै ब्यवस्था गरि हाल्छु नी। तिमी धन्दा नमान। अाज भन्दा तीन बर्ष अगाडि मेराे अफिसमा कम्प्युटर एसीस्टेण्टकाे रूपमा मैले तिमीलाई जागिर दिएकै हुँ। जसले गर्दा काठमाडौंमा तिम्राे करियर बनाउन सहज भयाे। सँगै अफिसमा बस्ने क्रममा हामी बिच माया बस्याे। हाम्राे उमेर बाध्यता अनि शारिरिक अाबश्यकताले सम्बन्ध पनि भयाे। तर अाज म मेराे बाध्यताले तिमीलाई स्विकार्न सग्दिन। मैले भनेकाे खुरूक्क मान र बिबाहा गर।”
किरणकाे कुरा सुनेपछि बिनिताले झर्कदै भनी ;
” बिबाहा पछाडी हाम्राे सम्बन्ध के हुन्छ त?”
अब कुरा मिल्ला जस्ताे ठानेर किरणले प्रेमपुर्वक उत्तर दियाे।
” हेर लाटी! यस्काे पिर नगर। बिबाहा पछि पनि म तिमीलाई अफिसबाट छुटाउदिन। हाम्राे सम्बन्धकाे बारेमा कसैलाई थहाँ पनि त छैन? हाम्राे प्रेम र सम्बन्ध यथावत् रहिरहने छ। बरू यसाे गर । बिबाहा पछाडी समाजकाे अगाडि मलाई तिहारमा टीका लगाएर दाइ भाइ मान।”
अाफ्नाे समस्याकाे हल भएकाेमा किरण मन्द मन्द मुस्कुरायाे।

 

यसमा तपाइको मत