स्रष्टा परिचय:- पिता लक्ष्मीबहादुर खडका कस्तरी र माता जान्दबी देवी खडकाकाे सुपुत्रीकाे रूपमा बि. सं २०१६ कार्तिक ६ गते भाेजपुरमा जन्मनु भएकाे हाे स्रष्टा लता के.सी ।उहाँले बी.ए सम्मकाे अध्यन गर्नुभएकाे र हाल शिक्षण संस्थाबाट अवकास प्राप्त जीवन बिताउदै अाफ्नाे ब्यवसाय र लघुकथा लेखनमा सक्रिय रूपमा कलम चलाउदै अाउनु भएकाे छ। अाफ्नै रुचि र अध्यनले साहित्य लेखनमा प्रेरणा मिलेकाे बताउनु हुने स्रष्टा लता ज्यूकाे साहित्य प्रतिकाे धारणा चहि यस्ताे रहेकाे छ।” साहित्यले परिवार, समाज र देशकाे प्रतिनिधित्व गर्दै सकारात्मक बाटाहरू पहिल्याउन सक्नु पर्छ।” उहाँकाे पहिलाे रचना ” अन्तर्रद्धन्द कथा” कलेजकाे बार्षिक मुखपत्रमा २०३८मा प्रकाशित भएकाे थियाे भने लाेकभावना त्रैमासिक पत्रिका अंङ्क ४६मा पहिलाे प्रकाशित लघुकथा “दुर्घटना” प्रकाशित भएकाे थियाे। हाम्राे लघुकथा पाठशालाकाे सक्रिय एडमिन रहि लघुकथा पाठशाला पेजमा प्रकाशित लघुकथाहरूलाई पुस्तककाे रूपमा सम्पादन गर्दै अाउनु भएकि लघुकथाकार /स्रष्टा लता ज्यूकाे लघुकथा संङ्ग्रह प्रकाशाेन्मुख अबस्थामा रहेकाे छ। उहाँले अाधुनिक लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई स्रष्टा परिचय सहित खाेज अनलाइन डट कममा प्रकाशीत गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र सफलताको कामना गर्दछाै।
लघुकथा : व्यर्थ नि !
लता केसी
झिसमिसेमै अाँखा खोले , उनले ! मोबाइल हेरे । अोहो , १५ वटा मिसकल ! मनमनै सोचेँ , “ मोबाइल अफ गरेर सुत्नु नै बुद्धिमानी भयो । रातभर अनावश्यक कुरा गरेर निद त खराब भएन । स….र……र… मिसकल चेक गरे । सबै शुभचिन्तकहरू , के छ? कसो छ? भनेर बुझ्न गरेका होलान् ।
यिनले गर्ने नै के हो र ? बिरामी भएको थाहा पाएर औपचारिकता निभाउने मात्र त हुन् । मोबाइल फेरि अफ गरे । उठने प्रयास गरे । सकेनन् । फेरि अाँखा चिम्म ……..!
नजरभरि हिजोको पलहरू याद बनेर अाए । गारो भयो । ज्वरो ह्वात्तै बढेको थियो । सहयोग र समर्थन पाउने अाश गरे । हर्के , माइलो, बिर्खे सबैसबै हितैषीलाई फोन गरे । क्रमश: अाश लागेका अनुहारहरूसँग फोनबाटै हारगुहार मागे तर कसैले चासो देखाउनु त परै जाअोस् , अहिलेसम्म सोधखोज पनि गरेनन् । छोरा बुहारी बाहिरै थिए । बुढीले साथ छाडेकी वर्षौँ भयो । एक्लो ज्यान बिरामी पर्दा सबैलाई संझिन थाले । बाह्र छोरा तेह्र नाति , बुढाको धोक्रो काँधैमाथि भनेझैँ भयो , उनलाई !
सोच्न थाले , “ यसपाला नराम्ररी थलिएँ ।हनहनती ज्वरो अाएको पनि ३ दिन भैसक्यो । तातो पानीको भरमा जीवन कतिदिन धान्नु , खै ? पुर्लुक्क ढलेँ भने कोठामै कुहिने पो हुँ कि ? ´´
तन्द्रामै थिए , उनी ! ढोका घर्याक्क खुल्यो । दृष्टि दौडाए । अस्पष्ट अनुहार , अाँखा धुमिल भयो । लगभग बेहोस भए । अागन्तुकले नाडी छाम्यो । चिसो चिसो थियो । उसले बिरामी बोक्यो र डाक्टरतिर दौडियो । होस अाउँदा उनी सरकारी अस्पतालको बेडमा थिए । अपरिचित अनुहारलाई सोधेँ , “को हौ तिमी ? ´´
उसले इशारा गर्यो , “ नबोल्नु , अाराम गर्नु ´´ अनि फेरि भन्यो , “ म बटुवा हुँ । चोकमा तिम्राबारे निकै ठूला ठूला चर्चा हुँदै थिए । शायद तिम्रा साथीसङ्गत हुन् । कुरा सुनेर उद्धार गर्न अाएको हुँ ।´´
बटुवाको अनुहार उनले एकोहोरो हेरिरहे , चिनेझैँ पनि लाग्यो । । चिउडोको तल ठूलो रातो कोठी देखेर उनी कराए , “ सन्ते तँ ? तँ त कतारमै मरिस् रे भनेको सुनेथेँ ।
उसले हाँस्दै भन्यो ,“ तिम्रो पुरानो गुन नतिरी कहाँ मर्थेँ र , जेठान ´´ ?
मनमा लाग्यो , “ मानवताको अर्थ छ, बाँकी सबै व्यर्थ नि ! ´´



