स्रष्टा परिचय:- पिता पुर्णप्रकाश यात्री र माता चन्द्रकुमारी नेपालकाे सुपुत्रकाे रूपमा बि.सं २०१८ मंसिर १९ गते भाेजपुरमा जन्मनु भएका डा. शैलेन्दुप्रकाश नेपाल ज्यूले एम.ए. वी. एड. नेपालीमा पिएचडी सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। हाल प्राध्यापन पेशामा कार्यरत उहाँका प्रकाशित कृतिहरूमा:- गीतीकाब्य :- प्रेमपुजा (२०३९)नमिता सुनीता(२०४३) कल्पना कुसुम(२०४४) महाभुकम्प सवाई (२०७२) खण्डकाब्य:- बिन्देश्वरी (२०४१) दिग्वाेध (२०४३) जानकी विरह (२०५३) युगकवि (२०७२) महाकाब्य:-जुनु(२०४८) अनामिका(२०५६)डायना(२०६१) उपन्यास :- कामना(२०४१) अपरिभाषित(२०६३) निबन्ध:- सरल नेपाली निबन्ध माला(२०४९) नयाँ नेपाली निबन्ध माला( सह लेखन-२०५६) बालसाहित्य:-झुल्के घाम( कविता २०४८) फूलकाे साथी ( कथा २०६०) मक मक घुर्र(कविता २०६१) सानी नानी(चित्र कविता) मयुरकाे प्वाँख( बालगीत -२०७६) वनबेली ( बालकाब्य- २०७६) हराएकाे छाेरा( बालकथा संङ्ग्रह- २०७६) पाठ्यपुस्तक लेखन तीन दर्जन भन्दा माथी । समालाेचना अनुसन्धान :- राममणि अा.दी ब्यक्ति र कृति (२०५०)पारख पयत्न( सहलेखन- २०५४) राष्ट्र कवि माधव घिमिरे(२०६१) माधव घिमिरे खण्डकाब्यकाे ध्वनितात्तित्क अध्यन (२०६८) कवित्व बिचरण(२०६३)
साहित्यिक कृतिहरू नेपाली साहित्यलाई दिई सक्नु भएका नेपाल ज्यूले तीन दर्जन भन्दा माथि सम्मान र पुरस्कारहरू पाईसक्नु भएकाे छ। उहाँले २०३९ सालमा लेख्नु भएकाे कथालाई अाधुनिक नेपाली लघुकथा पेजबाट साभार गरि खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र सफलताको कामना गर्दछाै।
लघुकथा:- बिश्वास
लघुकथाकार:- डा. शैलेन्दुप्रकाश नेपाल
लेखन समय:- २०३९/९/१०
समय रातकाे दस बजेकाे हुन्छ।विसु खाटमा ढल्केर पत्रिका हेर्दै हुन्छ। त्यहि बेला ढाेका ढक्ढकाएकाे अावाज अाउँछ।ऊ त्यहिबाट साेध्छ;
“काे हँ ?”
“म” मसिनाे स्वर ढाेका बाहिरबाट अाउँछ र पुन ढाेका ढक्ढकिन्छ।
” काे हँ म भन्ने? के चाहियाे? विसुले साेध्छ।
“म हुँ, एकचाेटी ढाेका खाेल्नुस् त?”
विसुले ढाेका खाेल्छ। अगाडीकाे दृश्य देखेर ऊ एक चाेटी झस्किन्छ।एउटी सुन्दर युवती! ऊ साेच्न सग्दैन के हुदैछ भनेर।
” किन के काम छ?विसुले त्यस युवतीलाई साेध्छ?
“दाइ! कृपा गरेर मलाई घरसम्म पुराई दिनुसन्। ” युवती अनुराेध गर्छे।
” याे रातकाे समयमा म सग्दिन।यती बेलासम्म कहाँ गएर?”
“यहि दिदी भिनाजु कहाँ अाएकाे थिएँ। दिदीहरू बाहिर जानू भएकाे रहेछ।अहिले सम्म फर्कि अाउनु भएन। अनि यहाँ अाएकि पुराई दिनुस्न !”
” यति राती फेरि यस्ताे डरमर्दाे ठाउँ। भरे मलाई नै अापत् पर्याे भने के गर्ने?त्यसैले म सग्दिन।अरू काेहि चिनेकाे मान्छे छैनन्?”
” छैनन्! यति दया गर्नुस् न दाइ?”
” अनि घरचहि कहाँ नी?”
” कमलपाेखरीमा छ। उताबाट ७ बजे अाएकाे थिएँ।पर्खिदैमा यति राति भयाे।”
” कतै केही………. शंकित बन्दै विसु साेध्छ।
” केही छैन। नपुर्याउने भए अाजकाे राति बाँस दिनाेस्।” युवती अनुराेध गर्छे।
” त्याे कसरी हुन्छ?म एक्लाे छु। एउटै काेठा छ।”
” केही फरक पर्दैन ।बाहिनी संम्झनुस्।अन्त म कहाँ जाऊँ?”
विसु एकछिन गम्भीर बन्छ। एकछिन यहि उभिईरहु भन्दै बाहिर निस्कन्छ।चारैतिर अाशंक बन्दै दृष्टि फिराएपछि अाउँछ।
खाटबाट डसना निकालेर विस्तारा लगाई दिन्छ भुइँमा र ल सुत भन्छ। युवती ढुक्क बन्दै सुत्छे। विसु पनि खाटमा सुत्छ। युवती बिहान उठेर हाँडी गाउँबाट कमलपाेखरी तर्फ लाग्छे। विसु निश्चिन्न बन्छ।



