सिंगापुरमा कुखुराको मासु प्रयोगशालामा बनाएर बेच्न थाले


सिंगापुरले ल्याबमा बनेको मासु बेच्न अनुमति दिएको छ।

यससँगै सिंगापुर ल्याबमा बनेको मासु बेच्न अनुमति दिने पहिलो राष्ट्र बनेको छ।

‘इट जस्ट इन्क’ कम्पनीले चिकेनको स्वादको ल्याबमा निर्मित मासु उत्पादन गरेको छ।

यस कम्पनीको ल्याब निर्मित मासुलाई सुरक्षित मान्दै सिंगापुरले बेच बिखनका लागि अनुमति दिएको हो।

वैज्ञानिकहरुले कुखुराको शरीरको कोषको सहयोगबाट ल्याबमा चिकेनकै स्वाद आउने मासु बनाउन सफल भएका हुन्।

इट जस्ट इन्कले विश्वव्यापी रुपमा ल्याब निर्मित मासु बनाउने लक्ष्य राखेको कम्पनीका सिइओ जोस टेटरिकले बताएका छन्। एससीएमपी

यसमा तपाइको मत