स्रष्टा परिचय / लक्ष्मी उप्रेती

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:-बि.सं २०१५ श्रावण १३ गते अाठराई हाङपाङ गा बि स -३ ताप्लेजुङमा जन्मनु भएकि स्रष्टा लक्ष्मी उप्रेती ज्यू हाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सदस्य हुनुहुन्छ। २०५६ सालदेखि नियमित बिनिता साहित्यिक त्रैमासिक सम्पादन र प्रकाशन गर्दै अाउनु भएकि प्राज्ञ लक्ष्मी उफेती ज्यूले बनिता साहित्यिक बिशेषाङ्क लगायत दुई दर्जन ग्रन्धहरू सम्पादन गरि सक्नु भएकाे छ। उहाँका प्रकाशित कृतिहरूमा :- कविता संङ्ग्रह – ५ कथा संङ्ग्रह-२ जीवनी समालोचक / खाेज-३ किशाेर उपन्यास -१ नियात्रा/ संस्मरण-२ बालसाहित्य २२ गीति एल्बम -१

गाेष्ठी पत्र:- राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक दर्जन गाेष्ठी पत्र लेखन र प्रस्तृति।उहाँ एक दर्जन जति साहित्यिक संघ संस्थामा संलग्न हुनुहुन्छ। उहाँले पाउनु भएका पुरस्कार र सम्मानहरूमा:- १. पुर्वाञ्चल स्तरिय कविता प्रतियाेगितामा दाेस्राे पुरस्कार-२०४१ २.षडानन्द प्रतिभा पुरस्कार- २०५६ ३. पारिजात पाण्डुलिपि बाल साहित्य पुरस्कार- २०६२ ४. लक्ष्मी कार्की साहित्यिक पत्रकारीता पुरस्कार-२०६३ ५.बालसाहित्य शिशुसेवा राष्ट्रिय पुरस्कार-२०६४ ६.भद्र ब्यक्तित्व पुरस्कार-२०६६ ७.प्रेसकाउन्सिल साहित्यिक पत्रकारीता पुरस्कार-२०६८ ८. प्रेमदत्त गाेमा त्रिपाठी स्मृति साहित्य संञ्चार विशेष सम्मान २०६७ ९.गाेठालाे किशाेर साहित्य पाण्डुलिपि पुरस्कार-२०६९ १० बिष्णु पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार-१०७३ ११.बबरसिह थापा स्मृति पुरस्कार-२०७२ १३.बन्धुपन्त स्मृति साहित्यिक पत्रकारीता पुरस्कार-२०७३ १४.गाेमा स्मृति साहित्यिक पत्रकारीता पुरस्कार- २०७४ १५.डा. हर्षबहादुर बुडामगर स्मृति साहित्यिक सम्मान २०७५ बाट सम्मानित भईसक्नुभएकि लघुकथाकार लक्ष्मी उफ्रेती ज्यूकाे परिचय सहित उहाँकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा
१. मोवाइल
लक्ष्मी उप्रेती

यसबेला संसारनै कोरोनाले उब्जाएको लकडाउनसँगै सुस्त छ। धन्न मोवाइल निर्माण गरेर अलिकति भएपनि राहत भएको छ। मोवाइल भएका कारण त्यति मानसिक तनाब कसैले बेहोर्नुपरेको छैनन्। लकडाउन नहुदा पनि मोवाईलमा नै एकोरिने मान्छेलाई यसबेला समय बिताउन अलि सहज छ। कलेजबाट आउनासाथ मोवाईलमा नै झुण्डिने छोराछोरीले पनि यो परिस्थितिमा मोवाइल चलाउने छुट पाएकाले उनिहरू प्रशन्न देखिन्छन्।
कसैले नभने पनि यो हरेक घरको कहानी जस्तै भएको छ। यसैले आज आफ्नो घरको स्थितिलाई चित्रण गरेर अरूलाई बाटो खोल्ने बिचार गरे।
अफिस जानु नपर्दा श्रीमान् पनि दिन भर मोवाइलमा झुण्डिन सक्नु हुने कुरा यहीँ लकडाउनबाट थाहा भयो। सासुआमा, १२ पढने छोरी र आफु घरभित्र थुनिएर बसेको नै २ महिना भै सक्यो। यस्तोबेला छोरीलाई पढ, मोवाइल नहेर भन्नु नभएकाले ऊ दङ्ग देखिन्छे। सासुआमा मोबाइलको सौखिन भएपनि परिवारसँगको भलाकुसारीमा बढि रमाउनु हुन्छ। आफु त के मौका पर्दा र फुर्सद हुदा अनलाइनमा भएका आफन्त र साथिहरूसँग कुरा गर्न र फेसबुक चलाउन मन लाग्छ।
एकदिन दिउसो सबैजाना बैठकमा बसेर मोवाईल चलाउन थाले। म पनि हतार हतार काम सकेर रेल नै छुट्न आटे जसो गरि हात पुच्दै मोवाइल लिएर एक छेउमा बसेँ। उनिहरू मुखामुख गरेर हाँसेको देखे। मलाई देखेर हाँसेका हुन की भनेर रिस रिस पनि उठ्यो। तर यसकारण नभई मोवाईलमा देखिने कुनैकुनै प्रशङ्का कारण हाँसेका रहेछन् भन्ने कुरा एकछिनमा थाहा पाएँर म मोबाइलमा केन्द्रीत भए।
त्यसैबेला झ्याप्प लाईन गयो। सबै जाना फटाफट उठेर आआफ्नो कोठाको बाथरुम गएर पानि सानि खाएर छटपटिदै लाईन पर्खिए । बेलाबेला नेट जाने बिराम त छदै थियो। आज त लाइन गएको निकै बेर भै सक्यो आएन। लाइन जाने बित्तिकै देखि छटपटिएकी छोरी लाडिदै बाबा बिधुत प्रधिकरणमा हजुरको साथि हुनुहुन्छ त। एकपटक फोन गरेर लाइन कतिबेला आउछ सोध्नुन ।
छोरीको कुरा मानेझै गरेर बुबाले फोन गर्छन्। फोननै अफ भएकाले सोध्न पाएनन्। यसैबेला झुलुक्क लाइन आउछ र एकै छिनमा फेरि जान्छ।
लाईन नभए पछि त मोवाइलको काम पनि उति हुदो रैनरहेछ। यस्तै भइरहे परिवारसँग भलाकुसारी गर्ने मौका हुने थियो । हजुरआमाले आफ्नो मनका कुरा फ्याट्ट निकाल्नु भयो।
हजुरआमाको कुरा सुनेर फ्यानिदै छोरी उठ्न खोज्दा लाइन आयो। यसबेला लाइन आयो भनेर रमाएर कराउदै अलग्ग बसि।
लाइनमा मोवाइलको उपयोगिता जोडिएकाले नातिनी सबैभन्दा बढि खुसी भएको देखेर हरे! यो उमेरकालाई माया सुरक्षा गर्ने बुबाआमा र आफन्तले दिन नसक्ने खुसी मोवाइल दिने कस्तो समानको निर्माण भयो नि यो संसारमा। ती निर्माणकर्तालाई धन्यवाद पनि छ र गुनासो पनि छ भनेर सुटुक्क सासुआमाले भन्नु भयो । यो कुरा मैले मात्र सुनेर गमिरहे ।

२. चेतना
लक्ष्मी उप्रेती

दिदी मलाई घरमा कुनै कुराको दुःख छैन। भौतिकरूपमा मैले सोचे भन्दा बढि उपलब्धि हासिल गरेकी छु। श्रीमान् सेनाको अफिसर जे जतिबेला पनि पुराइदिनु भएकै छ।
आईए पढदापढदै बिहे भयो श्रीमान् कै साथ र सहयोगले डिग्री सके। कलेजमा पढाउछु। आउन जान गाडि बन्दोबस्त गरिदिनु भएको छ। एउटी छोरी डाक्टर एउटा छोरो सेनाकै अफिसर।
तर यसबेला यी भौतिक सुविधाबाट उदासीएको मेरो मन भित्र भित्रै खोक्रो भएको अनुभूत गरिरहेछु। जब सम्म चेतना भएन तब सम्म मलाई केही मतलव थिएन । तर अब चेतना भएर होला मैले बन्दनको अनुभूतमा दुखि छु ।
आज इसाका कुरा सुनेर म अचम्ममा परे। जहिले पनि चिटिक्क परेको देखिने मीठो बोल्ने सधैंभर हसिलो अनुहारमा देखिने उनलाई के भयो ह! हामी ले त उनको जीवन सबै कुरा ले पूर्ण देखेका छौं तर यिनलाई के चाहियो मनमनमा उब्जिएको कुरा प्वक्क सोधे।
हैन इसा तिमीले के भनेकी। यस्तो सुख पाउदा पाउदै तिमीलाई के को कमी भयो।
स्वतन्त्रताको कमि छ दिदी। सबै कुरा भएर पनि स्वतन्त्र भएन भने बाँच्नुको समेत अर्थ छैन जस्तो लाग्छ। यो चेतना ममा भरखरै आयो। अनि मैले स्वतन्त्रताको कुरा बुझेको।
बिहे भएर आए देखि नै मेरो स्वतन्त्रता श्रीमान् ले खोसेको रैछ। मलाई सारा सुख सुविधा पुरा गरेर गुडिया जस्तै व्यवहार गर्ने श्रीमान् का कुरा यसबेला मान्य हुन्न।
कस्ता कुरा नि अफ्ट्यारो लाग्दै सोधे।
के हुनु नि बिहे भएर आए देखि श्रीमान् ले चै आफ्ना साथीहरू घर बोलाएर नाना थरीका परिकार स्टाफलाई पकाउन लगाएर दिनभर मलाई समेत राखेर तास खेल्नु हुने। अझ यसबेला त झन रिटायर भएका छन दिनै बोलाउन खोज्छन। मैले चै आफ्ना साथीहरूलाई कहिले कहि बोलाउछु या साथिकामा आज भेला छ जान्छु भन्दा रोक्ने। के यो अन्याय हैन त। जहि पनि उनिसँग मात्र हिड्नु पर्ने । उनि चै साथिसँग घुम्न रात नै बिताउने गरि जादा मैले रोक्न नहुने। मलाई पनि त साथिहरूसँग कहिले कहीँ हुडडुल गर्न रमाइलो गर्न मन लाग्छ नि। मेरो जीवन स्वतन्त्रताबाट बन्चित भएर बितेकोमा दुःखि छु दिदी। भनेर बरर आँसु झारिन।
यशबेला उनको कुरा सुनेर म स्तव्ध भएर आम महिलाको जीवन सोचेर उनलाई हेरिरहे।

यसमा तपाइको मत