हरिप्रसाद भण्डारीको जन्म वि.स. २०१६ जेठ ५ गतेका दिन गुल्मी जिल्लाको धुर्कोट, वस्तुमा विनितादेवी भण्डारी एवम् प्रमानन्द भण्डारीका सुपुत्रका रुपमा भएको हो । हरिप्रसाद भण्डारी (२०१६) ले उत्साह पत्रिकामा प्रकाशित कुकुुर तिहार (२०४५) लघुकथाबाट यस क्षेत्रमा पाइला चालेका हुुन् । जीवनको लामो समय सरकारी सेवामा रहेका भण्डारीका अविरल यात्रा (२०६३) एवम् काला सर्पको खोजी (२०६७) नामक दुुई लघुकथा कृति प्रकाशित छन् । उनका अन्य आख्यानमूलक कृतिमा चिराग (कथासङ्ग्रह, २०४७) अस्वीकृत कथाहरू ! (कथासङ्ग्रह, २०५८), चरीका रमाइला कथा (बालकथासङ्ग्रह, २०६७ ), मनको आँखा (बालकथासङ्ग्रह, २०६९) एवम् गोनु झा र चोरहरू (बालचित्रकथा, २०७०) एवम् सुनको स्याल (बालउपन्यास, २०६७) रहेका छन् । उनी विद्युतकर्मी साहित्य समाजद्वारा आयोजित राष्ट्रव्यापि लघुकथा प्रतियोगितामा प्रथम पुरस्कार ( २०६३) एवम् मनुमुत्तः मानव लघुकथा गौरव सम्मान (हरियाणा, सन् २०१९) बाट सम्मानित भइसकेका छन् ।
लघुकथा : योग दिवस
हरिप्रसाद भण्डारी
योग दिवस मनाउने कार्यक्रम थियो । सहभागीहरू बजार परिक्रमा गरी कार्यक्रम स्थलमा उपस्थित भइसकेका थिए । कार्यक्रममा सहभागीहरूको बाक्लो उपस्थिति रहेको हुँदा आयोजकहरू खुसी देखिन्थे ।
कार्यक्रमस्थल भव्य रूपमा सिँगारिएको थियो । फूल, माला र पतकाहरूले सजिएको मञ्चमा योगगुरुका तस्बिरहरू टाँगिएका थिए ।
सहभागीहरू कार्यक्रमस्थलमा भेला भएको धेरैबेरपछि प्रमुख अतिथिको आगमन भयो । प्रमुख अतिथि आएको देखेपछि आयोजकहरू सतर्क भए । चारैतिर सुनिने गरी माइकमा नारी आवाज गुञ्जियो, “कार्यक्रमका प्रमुख अतिथिज्यूलाई करतल ध्वनिका साथ स्वागत गरिदिनुहुन सहभागी महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछु ।”
सहभागीहरूले जोडले ताली बजाए । प्रमुख अतिथि दलबलसहित मञ्चमा उक्लिए ।
प्रमुख अतिथि मोटाघाटा र खाइलाग्दा थिए । उनको पेट अस्वभाविक रूपमा बढेको र ह्वात्त बाहिर आएको थियो ।
प्रमुख अतिथि सोफामा बसेपछि कार्यक्रम सुरु भयो ।
आसनग्रहण, व्याच वितरण, माल्यार्पण, स्वागत भाषण र उद्घघाटनमा लामो समय बित्यो । भर्खर औपचारिक कार्यक्रम सुरु हुन लागेको थियो, प्रमुख अतिथिले टाउको बटार्न थाले । अध्यक्षका कान नजिकै मुख रगडे । अध्यक्षले कार्यक्रम सञ्चालकलाई नजिक बोलाएर उसैगरी कानमा फुसफुसाए ।
केही बेरपछि माइकमा आवाज आयो, “कार्यव्यस्तताले गर्दा प्रमुख अतिथिज्यू पूरा समय बस्न पाउनुभएन । अब म मन्तव्यका लागि प्रमुख अतिथिज्यूलाई आमन्त्रण गर्दछु ।”
कार्यव्यस्तताका कारण छिटै मञ्चमा पुगेका प्रमुख अतिथि करिब एक घण्टा बोले ।
स्रोतालाई राजनीति, विकास, गुनासा, आक्रोष आदि धेरै कुराको स्वाद चखाए ।
लगभग सबै विषय सकेपछि योगतिर लागे ।
योगको महत्त्वबारे चर्चा गर्दै उनले भने, “योग हामी सबैका लागि आवश्यक छ । हामी सबैले अनिवार्य रूपमा योग गर्नुपर्छ । नियमित योग गर्नाले शरीर स्वस्थ रहन्छ । निरोगी भइन्छ । त्यसैले तपाईँहरू सबैलाई नियमित रूपमा योग गर्न अनुरोध गर्दछु ।”
मञ्चबाट झर्दै गर्दा एक जना पत्रकारले सोध्यो, “प्रमुख अतिथिज्यू हजुरले नियमित रूपमा योग गर्नुहुन्छ ?”
पत्रकारको प्रश्न सुनेर उनी झस्के । वरिपरी हेरे र अरुले नसुन्ने गरी बिस्तारै भने, “अहिलेसम्म त गरेको छैन । अब गर्ने विचार गर्दै छु ।”
+++
कार्तिक २३, २०७७
तिलोत्तमा– ८, रूपन्देही
Coलघुकथा : योग दिवस