स्रष्टा परिचय:- माता पवित्रा दुलाल र पिता श्रीकृष्ण दुलालकि सुपुत्रीकाे रूपमा वि.सं २०२९ चैत२० गते सुदूर पुर्वकाे झापा जिल्लाकाे दमकमा जन्मिएकि राधा कार्की २०५२ सालदेखि नेपाली साहित्य साधनामा लागेकि स्रष्टा हुन। उनकाे २०५८ सालमा छहरा पत्रिकामा पहिलाे कविता प्रकाशन भएकाे थियाे। उनकाे प्रकाशित कृतिहरूमा ” संवाहक” लघुकथा संङ्ग्रह२०७० प्रथम संस्करण र २०७१ मा दाेस्राे संस्करण प्रकाशित भएकाे छ। २०७१मा” पप्पी र पटटु ” बालकथा संङ्ग्रह प्रकाशित कृतिहरू हुन। विभिन्न पत्रपत्रिकामा दर्जनाै फुटकर रचना उहाँकाे प्रकाशित भइसकेका छन्। उहाँले देशभक्त गणतान्त्रिक सम्मान,सुचक लिला युवा प्रतिभा सम्मान,संसाक शेषचन्द्र कथा पुरस्कार, बि . डी . त्यागी प्रतिभा सम्मानबाट सम्मानित भइ सक्नु भएकाे छ। उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई अाज खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा ः पिएचडी
–राधा कार्की
‘ममी तपाईंको फोन आएको छ ।’ नानी भन्छे ।
– ‘कस्को ?’
– ‘खोइ, नयाँ नम्बर छ ।’
‘हेलो… ’ उसले फोनमा बोली ।
उताबाट आवाज आयो, ‘ताराजी हो ?’
– ‘हो, को बोल्नुभएको ?’
– ‘म छवि, चिनिनौ ? मैले पिएचडी गरेँ नि !’
– ‘ए हो र ! बधाई छ ।’
– ‘ऐले राख्छु ल… गुडनाइट ।’
वर्षौँपहिले पिएचडी गर्ने कुरामा घन्टौँ छलफल हुन्थ्यो । आमाले कत्तिपटक सम्झाउँदा पनि तारा ऊसँग टाढा हुन सकेकी थिइन । ताराको एउटै प्रयास थियो, ऊ सफल बनोस् ।
एक दिन ताराले छविलाई निकै ठाउँमा खोजी, तर ऊ कहीँ फेला नपरेपछि घर फर्किन लाग्दा ऊ त सुनितासँग एउटै बोलमा रस पिइरहेको थियो ।
अर्काे दिन, छवि र सुनिता चलचित्रघरको एउटा कुनामा बसेर चटपटे खाँदै ‘मैने प्यार…’ पिक्चर हेरिरहेका रहेछन् ।
त्यस दिनदेखि ताराले उसका बनावटी कुराको ख्याल राख्न छोडिदिई । फलस्वरूप आजकल उनीहरूको सम्बन्ध एकदम बिरानो भएको थियो ।
ताराले आमाले दिएको केटासँग विवाह गरी । छविले पनि सुनितालाई भित्र्यायोे ।
तर एक्कासि आज आएको फोनले ऊ अक्क न बक्क परेकी थिई ।
…अचानक !
नजिकै, टेबलमा पल्टिरहेको एउटा पत्रिकाका पानामा उसका आँखा पछर्न् जहाँ सुनिताको समवेदना छापिएको थियो ।



