उत्तर कोरियाका किम जोङ की बहिनले दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की दिए


उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका विदेशमन्त्रीलाई धम्की दिएकी छन्।

दक्षिण कोरियाका विदेशमन्त्री चाङ केयुङु वाले कोरोना महामारी सम्बन्धमा उत्तर कोरियाबारे टिप्पणी गरेपछि त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी उनले उनले दिएकी हुन्।

यही डिसेम्बर ५ का दिन दक्षिण कोरियाली विदेशमन्त्री चाङ केयुङु वाले उत्तर कोरियामा कोरोना संक्रमण छैन भन्ने दाबीमा शंका व्यक्त गरेका थिए।

सोही विषयमा किम जोङकी बहिनी किम यो जोङले उनलाई धम्की दिएकी हुन्।

उत्तर कोरियाले आफ्नो मुलुकमा अहिलेसम्म कोरोना संक्रमण नभएको दाबी गरिरहेको छ। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसमा शंका व्यक्त गरिरहेका छन्।

यसमा तपाइको मत