मेराे पुस्तकालयमा सजिएकाे अग्रज अनामणि सरकाे मुक्तक संङ्ग्रह “भाे नखिच तस्बिर”

- तारा के सी


कयौं किताब आफुले किनेर ल्याएकाे र कयौं किताबहरू स्रष्टाबाट उपहार पाएकाे गरेर सानाे पुस्तकालय बनेकाे छ घरमा। यिनै किताबहरू पढ्नु केही लेख्नु नै दैनिकी बनेकाे छ अचेल मेराे पनि । मेराे पुस्तकालयमा सजिएकाे अग्रज स्रष्टा रत्नप्रसाद अनामणि सरकाे मुक्तक संङ्ग्रह” भाे नखिच तस्बिर” ले अाज मेराे मन खिचेकाे छ। चिया पिउदै यसाे पल्टाएर हेरे। अाकर्षक तस्बिर, सानाे चिटिक्क परेकाे किताब। किताबकाे अगाडि पेजमै लेखिएकाे रहेछ:-
” पुस्तक किन्दा खर्च गरेकाे पैसा खर्च नभएर विवेकशील लगानी हाे ”
म त तानिदै गएँ किताबप्रति। प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला ज्यूकाे शुभकामनाबाट पढ्न सुरू गरे।लेखकिय भनाई लेखक स्वयम् रत्न सरकाे र गाैरी पब्लिक रिलेशन एन पब्लिकेसनका अध्यक्ष दामाेदर ढकाल ज्यूकाे प्रकाशकीय भनाइ पढिसकेपछि त झनै काैतुहल जाग्दै गयाे मुक्तक प्रति। म पनि मुक्तककाे बिधार्थी हुँ। मुक्तक लेख्न र पढ्न मन पराउँछु। त्यसैले अग्रज स्रष्टाहरूले लेखेकाे मुक्तकले मलाई न तान्ने कुरै भएन। म पनि मुक्तकहरू सित तानिदै गएँ। एकदिन भेटमा रत्न सरले भन्नु भएकाे थियाे;
” मलाई कवितामा बिद्राेह, मुक्तकमा प्रेम, गजलमा बिछाेड र हाइकुमा द्वन्द्व लेख्न मन पर्छ।”
अब भने मैले खाेज्नु थियाे रत्न सरका मुक्तहरूमा प्रेम। भेटे पहिलाे मुक्तकमै प्रेम।
१.
अाजैदेखि तिम्रै नाममा मायाकाे लालपुर्जा लिनु सानु
जीवनमा भएकाे बचेकाे केही बाँकी ऊर्जा लिनु सानु
बारम्बार भनेकै थिएँ याे संसार बिचित्रकाे छ भनेर ,
सम्हाल्न सग्दिनँ दुखेकाे मुटुकाे पार्टपुर्जा लिनु सानु ।।

दाेस्राे मुक्तकमा फेरि ध्यान गयाे मेराे पढे। पहिलाे जस्तै प्रेमिल मुक्तक।

२.
मध्यराति अाकाशमा हेरेर तिमीसँग जूनकाे कुरा गर्नुछ
बच्चामा एउटै बस्तु अाधा पारि खाएकाे गुणकाे कुरा गर्नुछ
फुटाइदिन्छु भन्दा मलाई असाध्यै मनपर्छ भनी राेकी दियाैं ,
मन पर्छ भनेकाे हाेइन बाँसुरीकाे धुनकाे कुरा गर्नुछ ।।

चाैध क्रम संख्यामा रहेकाे मुक्तकमा एकछिन भुलिएँ।
१४.
सधैँ हिड्ने त्याे मेराे गल्ली छलेकाे याद अायाे
जिन्दगीभर भन्थ्याै मेराे माया ढलेकाे याद अायाे
ठीक छ दुनियाँ स्वार्थी भनेर चित्त बुझाउँला ,
हाम्राे मायामा कसैकाे मन जलेकाे याद अायाे ।।

प्रेमलाई उजागर गरेर लेखिएका यी मुक्तक पढेपछि यस्ताे लाग्याे ।” जीवन छ र त प्रेम छ। प्रेम छ र त जीवन छ।”
३७ अाेटा मुक्तक समावेश भएकाे याे संङ्ग्रहलाई मैले पढ्दा प्रेममय नै पाएँ। बिहानकाे समय डाडु पुन्युँसँग खेल्दै खेल्दै एउटा भान्से कविकाे अनुभूतिलाई यहाँ साटेकाे छु।
संङ्ग्रहकाे अन्तिम पेजमा रत्न सर लेख्नुहुन्छ;
३७.
केशहरू फुल्न थाल्याे सम्झना उस्तै छ
काे कहाँ पुगे काे कहाँ झरना उस्तै छ
बर्षाै भयाे हामी दुई नभेटेकाे याे शहरमा,
मनमा हिजाे जस्तै अाज पनि बेदना उस्तै छ ।।

यिनै मुक्तकहरू पढ्न अाजकाे बिहानी खर्च गरे मैले। मैले खर्चेकाे समय उपलब्धिमुलक रहेकाे महसुस गरेकाे छु। याे बाैद्धिक खुराककाे लागि अग्रज साहित्यकार रत्नप्रसाद अनामणि सरलाई हार्दिक धन्यवाद! हजुरले दिनु भएकाे याे उपहार मैले ग्रहण गरे पढे र मनमा लागेका केही शब्दहरू लेखे।
जय मुक्तक
जय साहित्य !!
२०७७ पुस ३ गते
गाेङ्गबु काठमाडौ ।।

यसमा तपाइको मत