सष्ट्रा परिचय / इन्द्रकुमार श्रेष्ठ “सरित”

- प्रस्तुति : तारा के सी


लघुकथाकार इन्द्रकुमार श्रेष्ठ सरितको  जन्म २०१९ पुस १० गतेका दिन म्यानमारको राधापुरमा भएको थियो । उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन्् । उनका हालसम्म प्रकाशित कथा कृतिमा दिदीको देवर (२०५०), जस्केलाबाट चियाउने सूर्या (२०५०), एकजोर फूल घोडा (२०५६), सरित्का प्रतिनिधि कथा सङ्ग्रह (२०७४), ऋतु फेरिँदै जान्छ (२०७४), ड्राइभर दिदी (२०७४) रहेका छन् । उनले विभिन्न पत्रपत्रिकामा फूटकर लघुकथा रचना समेत प्र्रकाशित छन् । उनले हालसम्म पाएका पुरस्कारमा युवा वर्ष मोती पुरस्कार(२००५८), काजी रोशन पुरस्कार (२०५६), शंकर कोइराला स्मृति पुरस्कार (२०६३), प्रमोदराज–सावित्री पाण्डे स्मृति पुरस्कार (२०७४) छन् भने सम्मानतर्फ सिम्पल आर्ट सम्मान (२०६९), निर्भर दिलचेत सम्मान (२०६५), वनिताश्री विशिष्ट सम्मान (२०७४), तन्नेरी कृति सम्मान (२०७५), देवकुमारी थापा कथा सम्मान (२०७६) आदि रहेका छन् ।
लघुकथा
डेरा
– इन्द्रकुमार श्रेष्ठ सरित्
रामु वैदेशिक रोजगारीमा जाने पक्कापक्की भएपछी प्रकृतिको आँखाबाट आँसु रोकिएको थिएन। धेरैपटक रामुलाई उनले सोधिसकेकी छिन्:- ‘बाबा, विदेश नै जानुपछॅ र ! नेपालमै बसेर केई गनॅ सकिन्न ?’
छोराछोरीको उज्वल भविष्यका लागि पनि आफूले केही बषॅ दु:ख गनैॅपनेॅ बाध्यतारहेको बताउँदै रामु भन्छ:-“मुनाजस्ता छोराछोरी र तिमीलाई छाडेर मलाई पनि विदेश जाने मन छैन । तर परिवारको सुख र खुशीका लागि मेरो सामुँ अकोॅ विकल्प छैन ।त्यसैले तिमीले घर र सन्तानको राम्रो हेरविचार गनुॅ ।”
आफन्त र साथीभाईहरु सँगको भेटघाटमा एक हप्ता मिलिक्कै बित्यो । भोलि राति एघार बजेको फ्लाइट छ उसको । रामुलाई अँगालो हालेर डाको छाडेर रुन थालिन् प्रकृति-:” बाबा, हजूर बिनाको पहाजस्तो तीन बषॅ मैले कसरी बिताउँने होला ?”
श्रीमतीको मायामा रामु पनि रातभरि पग्लिरह्यो । आफूलाई यस्तो मायागनेॅ श्रीमती पाएकोमा उसले आफूलाई भाग्यमानी ठानिरह्यो ।
भोलिपल्ट रामुलाई विदाई गरेर एअरपोटॅ बाहिर निस्केपछी अरुबाट अलि छेऊ लागेर प्रकृतिले फोन गरिन्:-“हेलो लच्छु, कहाँ छौ भेट्ने हैन ? —- काँ’ बाइर भेटिरने र यार ? अब त तीन बषॅ घरमै भेट्ने हो ।—— मस्ती नभाको जिन्दगी के जिन्दगी ? —दुई चार दिनलाई हैन अब तीन बषॅका लागि डेरा यतै सारन । हुन्न र ?”
फोन समाप्तिपछी पनि प्रकृतिको मधूरो तर अथॅपूणॅ हाँसो गुन्जिरहेको थियो ।

यसमा तपाइको मत