स्रष्टा परिचय / सुशीला देउजा

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता तु••ध्वज खाण र माता लक्ष्मी देवी खाणकाे सुपुत्रीकाे रूपमा २००७ फागुण २४ गते शिलगढी डाेटीमा भएकाे थियाे। बाल्यकाल देखिनै निरन्तर नेपाली भाषा र साहित्यमा कलम चलाउदै अाउनु भएकि स्रष्टा सुशीला देउजाले प्रयासकाे पहिलाे खुडकिलाे( कथा संङ्ग्रह – २०६३) , नयाँ बिहानी ( कथा संङ्ग्रह-२०६३) ,पर्दा भित्रकाे यथार्थ र काबुल यात्रा(कथा र यात्रा संस्मरण २०६४) ,दाेभान( लघुकथा र कविता संङ्ग्रह २०६६) , केही पाइला केही अनुभूति (बिकाश देखि द्वन्द्व प्रभावित मुलुककाे भ्रमणबाट(२०६८),चारू( कथा संङ्ग्रह २०७० ) ,भगवानकाे रूप( सचित्र बालकथासंङ्ग्रह २०७१) , बाघ र बाबा (बालचित्र कथा २०७४), पेटकाे अागाे(लघुकथा संङ्ग्रह-२०७६) महिमा (बालउपन्यास २०७६) अादी कृतिहरू प्रकाशित छन्।उहाँले प्राप्त गर्नुभएका पुरस्कार तथा सम्मानमा सुचक सम्मान ,नेपाल इन्जिनियर श्रीमती समाज सम्मान,उत्कृष्ट लेखक सम्मान-२०७२, कपन बानेश्वर साहित्यिक पत्रिका। नवतलास राष्ट्रिय मासिक सम्मान -२०७४ दुर्गादेवी बाल साहित्य लेखक पुरस्कार- २०७४ छन्। अब प्रस्तृत छ उहाँकाे लघुकथा..

लघु कथा
खाडी
सुशीला देउजा
लाला बाला छोरा छोरी बाबु आमाको जीम्मा लगाई गजेन्द्रका बुढा बुढी खाडी मुलुक जाने पक्का पक्की भयो । एउटै कम्पनिमा काम गर्ने संगै बस्ने कुराले दुबै ज्यादै प्रशन्न थिए । ‘अब हाम्रो पनि दुखका दिन जाने भए । खुब मेहनत गरी धेरै पैसा कमाउला । छोरा छोरीलाई राम्रो स्कुलमा हाली पढाउला । ठूलो मान्छे बनाउला । अनि आÏनै ठाउ“मा सुख संग बाकी जीवन बिताउला’ भनि दुबै सुखद भविष्यको मिठा मिठा कल्पनामा डुबे ।
जति सक्दो चा“डै खाडी पुगेर पैसा कमाउन दुबै हतारिदै थिए । बम्बईबाट खाडीको लागि उडने दलालको योजनाका साथ सबै संग बिदावारी भई दुबै बाटो लागे । छोरा छोरीलाई रुवाउदै हिडेका मन असाध्य दुखी रहेथ्यो । दुबै बम्बई पुगे । मेनपावरवालाले ‘तिमीहरु दुबैजना अर्काे हप्ता खाडीको लागि उडदै छौ । सबै तयारी भई सक्यो’ भनि सुखद समाचार सुनायो । सपना साकार हुने आशामा दुबै प्रफुल्ल भए ।
निश्चित दिनमा दुबै एयरपोर्ट पुगे । त्यहा“ पुगे पछि मात्र थाहा भयो ‘श्रीमतीको लागि मात्र टिकट मिल्यो । आज उ मात्र उडछे । गजेन्द्रको लागि चाहि अर्काे हप्ता मात्र मिल्छ रे’ । आखिरी समयमा आएर अलग अलग जानु पर्ने कुरा थाहा पाए । अब के गर्ने ? केहि सोच्नै सकेनन् । सीधा साधा मान्छे, ती फटाहा दलालको कुरा पत्याउदै ‘एक हप्ताको कुरा त हो । म आई पुगि हाल्छु’ भनि गजेन्द्रले श्रीमतीको हिम्मत बढायो र एकलै जान राजी गरायो । श्रीमतीपनि एक हप्तामा श्रीमानलाई भेटने आशामा मन नलागि नलागि खाडी मुलुक गई ।
त्यसपछि कैयौ हप्ता गजेन्द्रले खाडी जाने आशामा एयरपोर्ट धायो । तर उसको लागि टिकटनै मिलेन । अनि त्यस वारे कतै सुनवाई पनि भएन । आखिर केहि नलागे पछि उ रित्तो हात घर फर्कियो । पिरल्लीएको गजेन्द्रले श्रीमती कहा“ छे ? के गर्दै छे ? पत्ता लगाउन कति कोशिस ग¥यो । अत्तो पत्तो केहि थाहा पाउन सकेन । केहि महिना पछि श्रीमतीले पंखामा झुन्डीएर आत्महत्या गरिरे भन्ने खवर सम्म पायो । मर्नु न बाच्नु, विक्षिप्त, बिलखबन्दमा परेको गजेन्द्रले आÏनो महत्वाकांक्षी मनलाई सराप्यो । हुदा खादाको सुखी घर उजाडिनुमा आफुलाईनै दोषी ठह¥यायो । रुदै दुखी मनले अब जीवीत सग्लो श्रीमती देख्न नपाए पनि लाश यतै ल्याएर सदगत गर्ने बिचार ग¥यो । अब उ लाश फर्काउने कोशिसमा छ । धेरै धाई सक्यो । तर अहिले सम्म लाश फर्काउन सकेको छैन । बिलौना गर्दै अफिस अफिस दौडधुप गर्दै अझै धाई रहेछ ।

 

यसमा तपाइको मत