स्रष्टा परिचय:- पिता बिनाेद प्रसाद ढकाल र माता यमादेवी ढकालकाे सन्तानकाे रूपमा बि.सं २०३६ पाैष महिनामा जन्मिएकि लघुकथाकार पुष्पा सायराले एम.एड सम्मकाे शिक्षा हासिल गरि हाल शिक्षण पेशामा अाबद्व हुनुुन्छ। समाजिक सञ्चार माध्यम फेसबुक मार्फत उहाँका हाइकु, मुक्तक, लघुकथा पढ्न पाईन्छ । अाधुनिक नेपाली लघुकथा पेजमा निरन्तर अाफ्ना लघुकथाहरू पाेष्ट गर्दै अाउनु भएकि स्रष्टा पुष्पा सायरा ज्युले काे लघुकथालाई अाज खाेज अनलाइन मार्फत उहाँकाे परिचय सहित प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
नमस्कार म्याम ।
लघुकथा – जोहो
पुष्पासायरा
कार्तिके महिना बराहा क्षेत्रको मेला सकिन लागेको थियो ।पुर्णिमाको पर्सी पल्टलाई जुर्यो जान । पोहोरसाल त हो
गएको पनि ।
बाटो पनि सजिलो भएर होला निक्कै छरितो भो यात्रा ।
मनमा भगवान बराहाको दर्शनको उत्कट चाहनाले मलाई केही खानेकुरा खाँन भन्दा पनि पुग्न र दर्शन मै ध्यान थियो ।
बराहा जीको प्रांगण फूल धुप बत्ति प्रसादी मात्र होईन हरेक सामग्री पाईने बजार जस्तै लाग्छ । असाध्य रमाईलो लाग्छ । केही किन्ने बिचार मनमा राखेर पहिला त सप्त कोशी र कोका संगममा नुहाउन तर्फ लाग्यौँ ।
मेला सकिए पछि त कोकाहा कौशिकी संगम् पनि खुल्ला भएर आफ्ना गफमा लागे जस्तो पो गरे । आफू त एक्लिएँछु जस्तो भो ।
भैगो त नहाउनुको पनि केही अर्थ छैन यसबेला भनी हात मुख धोई बस्त्र फेरेँ ।
संगमबाट अलि अगाडी आए पछि पछाडी कोही स्त्री बोलेको आवाज आयो । हो रहेछ त्यहाँ त बल्छी लिएर माछा बोलाउँदै गरेकी एक अधवैशे महिला रहिछिन् ।
त्यतै नजिककी होलिन् । भात पकाएर तिहुनको जोहो गर्न निस्किएकी ति ।
त्यो दृष्यले मनमा द्व्न्द्व सिर्जियो ।
कहाँ छ आस्था । कहाँ छ सत्य । कि दुबै छैनन् । कि व्यवहार मात्र छ ।
सोच मग्न भएँ।
कि नदी सबैको जोहो ?
मैले पनि – एक अन्जुलि पानी लिएँ श्री शुर्यलाई अर्पन गरेकी ,
नदीलाई प्रणाम गरेँकी , फेरि केही अन्जुलि पित्रिको नाममा अर्पण गरेँकी
अनि सबैलाई तृप्त पारेँ भन्ने लाग्यो फेरि एक लोहोटा जल बराहा जी लाई जोहो गरी दर्शनार्थ मन्दिर प्रस्थान गरेकी
मेरो पनि त मोक्षको जोहो होला ?
——



