साहित्यकार आरडी प्रभास चटौतको जन्म वि.स. १९९३ जेष्ठ २० गतेका दिन बेलुदेवी चटौत एवम्् ज्योतिष विश्वेश्वर चटौतका सुपुत्रका रुपमा डडेल्धुराको छागर्खा, डुँगरी, रानागाउँ, दिव्यावती, हालको भागेश्वर गाउँपालिकामा भएको थियो । उनले बिए (अंग्रेजी, संस्कृत एवम् हिन्दी, एम.ए.(राजनीतिशास्त्र), बिएल, संस्कृत प्रथम उत्तीर्ण भएपछि नव्य व्याकरणमा पूर्व तथा उत्तर मध्यमा तथा संस्कृत साहित्यमा शास्त्री प्रथम वर्ष उत्तीर्ण गरेको पाइन्छ । चटौतले नेपाल सरकारको विभिन्न प्रशासनिक पदमा रहेर सहसचिव एवम् कामु सचिव भएर कार्य गरेको पाइन्छ । उनी वि.स. २००६ सालमा भाद्र महिनामा डोटेली भाषामा सलह शिर्षकको कविता प्रकाशनसँगै साहित्य लेखनमा लागेको पाइन्छ । उनका विभिन्न विधामा ३० कृति प्रकाशित छन्् । उनको लडाइँको मैदानबाट (कथा सङ्ग्रह, २०४६) प्रकाशित छ । उनले प्रबल गोरखा दक्षिण बाहु राष्ट्रिय प्रतिभा पुरस्कार (२०५५), आदिकवि भानुभक्त पुरस्कार (२०७२), सुदूर पश्चिमाञ्चल साहित्य पुरस्कार लगायत तीन दजर्नभन्दा बढि राष्ट्रिय स्तरका पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् । पछिल्ला समयमा लघुकथा लेखनमा सक्रिय भएर लागेका चटौतको परिचय र लघुकथा आजको खोज अनलाइनमा प्र्रस्तुत गरेका छौं ः
सपूत
-आर.डी.”प्रभास” चटौत
हितेशले साम दाम दण्ड भेद नीतिमा जोशिलो राजनीतिक छवि बनायो। छलकपट बाहेक इमान, दया जस्ता अरू पनि कुराले जीवन जगत् को धरातल लाई बुझाउँछ भन्ने कुरा आए उसले मज़ाकमा उड़ाउँथ्यो। खाऊ,पिऊ,मोज उडाऊ भन्ने कुरामा लागेरै राजनीति दगुर्छ सम्झन्थ्यो।उसले राष्ट्र दोहनबाटै अथाह सम्पत्ति जोड़ि सकेको थियो । आमा रियाले पनि बुवाको बाटो हिँड भनेर छोरो रितेशलाई प्रेरित गर्थी।
प्रचुर सम्पत्तिको मालिक हितेश क्यान्सर जस्तो जटिल रोगबाट ग्रस्त हुनपुगे छ। सम्पत्तिको मदमा क्यैछैन ठीक हुन्छु भन्ने सोचमा सुरुसुरूमा कन्जुस्याइँ साथ इलाज पट्टि लाग्यो । जब डाक्टरले रोगको गम्भीरता तिर संकेत ग-यो,आँत्तिएर देश विदेश उपचारमा दगु-यो ।कमाएको धन स्वाहा जीवन पनि स्वाहा भयो।
यो अवस्थाले छोरो रितेशको संवेदन घायल भयो। उसले रहेसहेको सम्पत्तिबाट “हितेश सत्कर्म ट्रष्ट “ खोल्यो । प्रत्येक पाँच बर्षमा दुई जना डाक्टर बनाउन खर्च बेहोर्ने र पछि ती मध्येबाटै क्यान्सर विशेषज्ञ चिकित्सक बनाउने योजनामा रोहित अघि बढ्यो ।कपूत बाबुका सपूत छोरा पनि हुने कुराको उदाहरणीय पाठ ।



