काभ्रे पार्टी प्यालेस तथा क्याटेरिंग संघको चौथो बार्षिक साधारण सभा सम्पन्न

- काभ्रे खोज सम्बादाता पंचम सरकार


काभ्रे पार्टी प्यालेस तथा क्याटेरिंग संघ चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त कार्यक्रमका सभापतित्व  सोहि संघको अध्यक्षले गर्नुका साथै प्रमुख अतिथि काभ्रे उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष तथा नेपाल उधोग बाणिज्य संघ का कार्य कारिणी सदस्य श्री सुर कृष्ण बैद्य ज्युले गर्नु भएको थियो। कार्यक्रममा अन्य अतिथिहरु बनेपा ५ का वडा अध्यक्ष बलराम अधिकारी ,काभ्रे बाणिज्य संघका अध्यक्ष प्रकाश मानान्धर ,काभ्रे बाणिज्य संघकामहा सचिब तथा बागमती प्रदेश सदश्य कैलाश पलाञ्चोके ,काभ्रे पार्टी प्यालेस तथा क्याटेरिंग संघका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहाकार शोक सुधार भैल ,नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना को पनि समुस्प्स्थित थियो।

स्मरणीय रहोस काभ्रे जिल्लामा रहेका सम्पूर्ण पार्टी प्यालेस तथा क्याटेरिंग का साथै पिकनिक स्पोर्ट ब्यबसायीहरुको हक हित का लागि सामुहिक रुपमा एक जुट भइ ग्राहकहरुलाई स्वच्छ र गुणस्तरीय सेवा उपलब्ध गराउने हेतुले यो संघको स्थापना भएको हो।

उक्त कार्यक्रममा नेपाल पार्टी प्यालेस तथा क्याटिरिंग महा संघका सदश्य तथा काभ्रे पार्टी प्यालेस तथा क्याटेरिंग संघका सदश्य धुलिखेल निवासी स्व.रामकुमार तखाछे प्रति हार्दिक समबेदना पनि प्रकट गर्नु भएको थयो  /

यसमा तपाइको मत