स्रष्टा परिचय / रामकुमार पण्डित क्षेत्री

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता बिनाेदकृष्ण पण्डित क्षेत्री र माता नारायणी पण्डित क्षेत्रीकाे सुपुत्रकाे रूपमा का.म.पा. ६ बाैद्व सिमलटारमा जन्मिएका रामकुमार पण्डित क्षेत्री ज्यूले ब्यवस्थापन तथा जनप्रशासनमा स्नातकोत्तर गरेर हाल लेखा ब्यवसायीकाे रूपमा कार्यरत हुनुहुन्छ। उहाँका प्रकाशित कुतिहरूमा, देशकाे खाेजी लघुकथा संङ्ग्रह – २०७१ बुद्ध बिचार बालकविता संङ्ग्रह-२०७३ मंन्दिर माअाे कविता संङ्ग्रह २०७४ रहेका छन् भने उहाँले सम्पादन गरेका पत्रिकाहरूमा ,सप्ताह महायज्ञ स्मारिका स्पन्दन -२०७३ ,साहित्यिक पृष्ठ सम्पादन मध्याह्न राष्ट्रिय दैनिक २०७४देखि २०७५ , भारत नेपाल कथा संगम सह सम्पादन सन् २०१९ भारत नेपाल लघुकथा सह सम्पादन प्रकाशाेन्मुख रहेका छन्। गाेदावरी कला तथा साहित्य समाजबाट सम्मानित- २०७२ ,तापहिटी सामुदायिक अध्यन केन्द पाटनबाट सम्मानित :- २०७३,कवा उत्कृष्ट समचार सम्मान ( कपन बानेश्वर) २०७५,बिधा वाचस्पति सारस्वत सम्मान बिक्रमशिला हिन्दी पिठ बिहार भारत:-२०७५, अन्तरास्ट्रिय तथागत सम्मान उतर प्रदेशबाट २०७५ लगाएत थुप्रै संघ संस्थाबाट सम्मानित । उहाँ संलग्नता भएका संस्थाहरूमा १.उपाध्यक्ष घुम्ती कवि गाेष्ठी २.काेषाध्यक्ष सुरभि साहित्य प्रतिष्ठान,रहेका छन् अाज मैले स्रष्टा / लघुकथाकार रामकुमार पण्डित क्षेत्री ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइनमा प्रकाशित गरेकि छु।हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा: ठूलो ब्यापारी
रामकुमार पण्डित क्षेत्री

गाउँमा बेखामानको साझा पसल थियो । सुपथ मोलमा गुणस्तरीय मालताल बेच्ने हुनाले टाढाटाढा देखिका मान्छेहरू त्यही पसलमा किनमेल गर्दथे । बिस्तारै गाउँमा जनसङ्ख्या बढ्दै गयो । बेखामानको पसलमा पहिलाको भन्दा झन धेरै भिड लाग्न थाल्यो ।
यही मौकामा सरकारले विदेशी लगानीलाई स्वीकृति दियो । विदेशबाट कोही ठूुलो ब्यापारीले त्यहाँ पसल खोल्यो । उसले बेखामानको भन्दा अझ सस्तोमा सामान दिन थाल्यो । मान्छेहरू बेखामानलाई ‘ठग’ भन्दै विदेशी साहुको पसलमा जान थाले ।
बेखामानको पसल पुँजीपतिसँग प्रतिस्पर्धा गर्न नसकेर दिन प्रति दिन सुक्दै गयो । एकदिन त बन्दै भयो । अब बेखामान बेरोजगार भयो । ऊ रोजगारी खोज्न अरब पस्यो ।
यही मौकामा विदेशी साहुले मिस्कट सामान चर्को भाउमा बेच्न थाल्यो । मान्छेहरूले थाहा पाएर पनि त्यसैकाँ’ किनमेल गर्न बाध्य भए ।
सिमलटार, काठमाण्डौँ

 

यसमा तपाइको मत