स्रष्टा परिचय / शारदा घिमिरे भैल

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता माधवप्रसाद घिमिरे र माता झुनादेवी घिमिरेकाे सुपुत्रीकाे रूपमा बि.सं २०२९ मा बिराटनगरमा जन्मनुभएकि स्रष्टा शारदा घिमिरे भैलले बि.एड सम्मकाे शिक्षा हासिल गरि हाल शिक्षण पेशामा अाबद्ध हुनुहुन्छ। अाफ्नाे कर्मक्षेत्र बनेपालाई बजाउँदै अक्षरसँग खेल्दै रमाउँदै साहित्यमा ,कविता, मुक्तक र लघुकथा लेखनमा सक्रिय युवाकवि हुनुहुन्छ शारदा घिमिरे भैल। “सरूलता ” मुक्तक संङ्ग्रह उहाँकाे २०७५ मा प्रकाशित पहिलाे कृति हाे। महिला सराेकार समुह बनेपा अध्यक्ष ,साहित्यकार खेलकुद समाजकाे अाजिवन सदस्य , साहित्य तथा संस्कृति बिचारमञ्चकाे संस्थापक सदस्य हुनभएकि स्रष्टा शारदा घिमिरे भैल ज्यूले अभिनव साहित्य समाजकाे अायाेजनामा खुल्ला स्थलगत मुक्तक लेखनमा सान्त्वना पुरस्कार र साहित्यकार खेलकुद समाजबाट अायाेजना भएकाे मैत्रीपुर्ण ब्याडमिन्टन खेल २०७६ मा प्रथम पुरस्कार गाेल्ड मेडल र प्रमाणपत्र उहाँले प्राप्त गरेका पुरस्कारहरू हुन। अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे लघुकथालाई अाज खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा :’ बा’
-शारदा घिमिरे भैल

राममाया बारीमा तरकारी गोडमेल गर्दै थिई।उसको एकमात्र एघार वर्षको छोरो रुँदै बाले कुटेको भन्दै अामा छेउमा अायो ।
के बिगार गरिस् होला? बिहान सबेरै खाना खुवाएर झन्…. तलाई चकचक नगर्नु भनेको होइन । भोकलाग्यो पसलमा खानेकुरा किनेर खानलाई पचास रुपैयाँ मागेको कस्सेर झापड
हान्नुभयो ।
अामाले छोरालाई सम्झाउँदै भन्छे ,बाबु बालाई कति ठाउँ टार्नु
पुर्याउनु पर्छ होला ।मन नदुखा भोली बारीको तरकारी बेचेर म
तलाई मन लागेको खानेकुरा किनि दिउँला ।
पैसा माग्यो भन्दैमा त्यसरी अाैँलाका डाम बस्ने गरी कुटन त नहुने हो नी ! राममाया छोरोसँग घरमा जान्छे उसको लोग्ने कतै देखिदैन ।
घर देखि पर बाख्रो खोर भित्र अावाज सुन्छे ,उसका पैताला टक्क त्यही अडियो ।देख्छे त्यहाँ उसको लोग्ने पल्लो घरकी सानीसँग भन्दै हुन्छ हेर सानी, म कसैको दुःख हेर्न सक्दिन ,ला अहिले दुई हजार राख अरु चाहिएमा फेरि भन्नु ।जा छिट्टै भाउजू बारी गएकी थिई कुनबेला अाउँछे।

 

यसमा तपाइको मत