स्रष्टा परिचय / मिसु श्रेष्ठ

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता हर्कबहादुर श्रेष्ठ र माता पुजालक्ष्मी श्रेष्ठककाे सुपुत्रीकाे रूपमा भिमेश्वर नगरपालीका दाेलखामा जन्मिनु भएकि स्रष्टा मिसु श्रेष्ठले बि .एड, एम ए समाजशास्त्र मा शिक्षा हासिल गरि हाल शिक्षण पेशामा अाबद्व हुनुहुन्छ । सानैदेखि साहित्यमा रुचि राख्दै स्थानिय पत्रपत्रिकामा रचना प्रकाशित गर्दै अाउनु भएकि मिसु श्रेष्ठ ज्यूले गाैरीशंकर क्याम्पस चरिकाेट दाेलखाकाे बार्षिक कविता प्रतियोगितामा द्वितीय पुरस्कार, तिलिञ्चाे परिवारद्वारा अायाेजित कविता प्रतियोगितामा प्रथम पुरस्कारबाट पुरस्कृत हुनुभएकाे छ। उहाँकाे द्वालखा नेवारी भाषामा प्रकाशित बाँपीझ्याल अनलाइन पत्रिका र सामाजिक संञ्चाल मार्फत हाइकु,मुक्तक, गजल , कविता र लघुकथा प्रकाशित छन् अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा-अनुभूति
मिसु श्रेष्ठ

१२ काे पढाइ पश्चात् उच्च शिक्षाको लागि काठमाडौंबासी भएका यी दुई केटीहरुकाे सपना यहाँका ठुलाठुला भवन जस्तै चुलिदैथिए।गाउँको सम्झनालाई यहाँको रङ्गिन दुनियाँकाे चहलपहलले धमिल्याउने प्रयत्न गर्दै थियो ।सपनाको यो नगरीमा विलुप्त हुने चेष्टा गर्दै थिए।बेला बेला व्यक्त गर्थे अाहा! काठमाडौं ।

कलेज सकेर खाजा खान नजिकैको रेष्टुरेन्टमा फुत्त छिरे।गाउँको सानो हाेटलमा स्वच्छन्द पंक्षी झैं हल्लाखल्ला गर्दै २०/५० रुपैयाँमा टन्न अात्मियता पूर्वक पुग्दाे खाजा खाने बानी परेका यिनलाई फराकिलो ठाउँको यो सन्नाटाले उकुसमुकुस महसुस गरायो ।

छेउकाे टेबुलमा अाएर वेटरले मेनु दिदै” के ल्याउ बहिनीहरु ?”
साेधेर गए।

मेनु पल्टाएर हेरे।हेरे.. हेर्दै गए।
बिस्तारै गाेजि छामे।
असमञ्जस अनुहार भरि पाेतियाे।
वेटर अर्डर लिन अायाे ।
केही सम्झे झैं दुवैले एकैपल्ट -” पापड दुईटा ल्याउनुस् न !”

झिलिमिलि काठमाडौंको नमिठाे गन्धसँगै चर्काे नुनिलो पापड पानी सँग घुटुक्क निले।

यसमा तपाइको मत