स्रष्टा परिचय:- पिता खुमराज काेइराला र माता गङ्गादेवी काेइरालाकाे सुपुत्रकाे रूपमा बि.सं.२०२८ चैत २८ गते तनुहुँमा जन्मनु भएका स्रष्टा लघुकथाकार शिव काेइरालाले शिक्षामा वि.एस्सी.एम.एड सम्मकाे शिक्षा हासिल गर्नुभएकाे छ। हाल उहाँ शिक्षण पेशामा अाबद्ध भई साहित्य सिर्जनामा पनि कलम चलाउदै अाउनु भएकाे छ।
उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे कथालाई खाेजअनलाइन डट कममा प्रकाशित गरेकि छु।हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा : लिस्नु!!
शिव कोइराला
माथि पुग्न पनि सजिलो कहाँ छ र ? कसैको काँध चढेर मात्र पनि नहुने, धेरैलाई लिस्नै चाहिदोरहेछ। कोही कोही गणेशहरु भने काँध चढ्ने पर्खाइमा शिव-पार्वतीको वरपर घुमिरहे। अरु माथि उक्लन चाहने सबैले काठको गिड खोजेर ल्याए।
कसैका गिड छोटा भए कुनैले लिस्नो बनाउनै जानेनन्। कोही लिस्नो चढ्न लाग्दा भाँचिएर नराम्ररी पछारिए। कोही लिस्नो चढ्नै नसकेर पछारिए।
यसरी थोरै मात्र माथि पुगेकाहरु कोही उम्लिए र लिस्नुमै पोखिए।कसैले यो पाजी लिस्नो के काम भन्दै माथिबाट लात्ती हानेर गुल्ट्याई दिए।कोही कोही काँध चढेर जस्केलाबाट छिर्ने हात्ती मान्छेकोको झन् भुइँमा खुट्टा थिएन। काध चढाउनेको काँध पुछ्दै टक्ट्क्याउनु र तेलमालिस गर्नुको चटारोले लिस्नुमा आँखा पुर्याउने फुर्सद थिएन। मालिस गरिएको तेल चुहिएर पुरै लिस्नो चिप्कियो।कसैको पलासे लिस्नु थोरै समयमै धुल्याहाले सखाप पार्यो।
फेरि तल झर्नु पर्छ भन्ने सबैले बिर्सिए। लिस्नुतिर बिर्सेर पनि एक दृष्टि पुगेन। कुँडिएर लिस्नोहरु मुर्मुरी रहे सरापी रहे।
माथि धेरै फोहोर भएपछि स्वीपरले सिठ्ठी लगाई तल झर्न निर्देश गर्यो । माथि रहुन्जेल लिस्नुको ख्याल नगर्ने सबै कोही चिप्लिएर,कोही भाँचिएर,कोही लिस्नो,भर्याङ् केही नभेटेपछि त्यसै खङ्गारिएर खसे र बिलौना गरी रहे।
लिस्नोलाई भने अरु कसैले पुछ्दै,सुम्सुम्याउदै ठोकठाक गर्दै पुन प्रयोग गर्न लागेको देखियो।अनौठो त यो थियोे कि लिस्नोहरु आफू पनि दंग हुदै अर्को स्वागतका लागि तम्तयार थिए।
2077 /7/12 भरतपुर ।



