स्रष्टा परिचय:- पिता बिष्णुप्रसाद न्याैपाने र माता अम्विका देवी न्याैपानेकाे सुपुत्र रूपमा बि.सं २०२०/फागुन २० गते भाेजपुर बाेखिम( अाहाले) मा जन्मनु भएका हाे स्रष्टा बाबुराम न्याैपान “उत्स”। उहाँले स्नातक सम्मकाे अध्यनगरि नेपाल चिया बिकाश निगम प्र.का धुलाबारी अन्तर्गत कार्यलय प्रमुख रहि तीस बर्ष सेवा गर्नुभएकाे थियाे। हाल दमक नगरपालीका वर्डा नं ९( क्याम्पस राेड) झापामा बसाेवास गर्दै साहित्य सिर्जना र समाज सेवामा अाफुलाई सक्रिय बनाउदै अाउनु भएकाे स्रष्टा हुनुहुन्छ उहाँ। उहाँकाे पहिलाे कविता २०४१ सालमा जनज्योति साहित्यिक पत्रिका बर्ष २ अंङ्क १० मा छापिएकाे थियाे। उहाँका प्रकाशित कृतिहरूमा- १. भावना बाेल्छ पर्दा खाेल्छ ( कविता संङ्ग्रह- २०७३) २. उपहार बन्याे अाँसु( खण्डकाब्य २०७४) रहेका छन्। विभिन्न पत्रपत्रिकाहरूमा कविता, कथा, लघुकथा, मुक्तक, हाइकु, गीत, संस्मरण प्रकाशित भईरहेकाछन्। उहाँ जीवन स्मृति साहित्य प्रतिष्ठान दमक अाजिवन सदस्य, बाेखिम न्याैपाने सेवा प्रतिष्ठान केन्द्रीय कार्यलय माेरङ बरिष्ठ उपाध्यक्ष , बाेखिम न्याैपाने सेवा प्रतिष्ठान झापाका अध्यक्ष हुनुहुन्छ। आधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नुभएकाे लघुकथा अाज खाेज अनलाइन डटकममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ ,दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा : अक्षरको आग्लो
बाबुराम न्यौपाने ” उत्स”/दमक,झापा
—–
बिहानको रमणीय वातावरणमा घरको बरण्डामा बसेर विधि चियाको चुस्कीलिंदै बैठकमा कसरी प्रस्तुत हुने सोचिरहेको थियो।उता विधिको छिमेकी सिद्धान्तलाई भने मनमा अनेक कुराखेलेर औडाहा चलिरहेको थियो।उसलाई खपिनसक्नु भयो र सटासट विधिको घरतिर लाग्यो।
विधिकी पत्नी निष्ठाले सिद्धान्तलाई पनि चिया ल्याइन्। चिया पिउदै सिद्धान्त भन्दै थियो !” संसारमा हाम्रो त अस्तित्व नै धरापमा पर्दैछ , विधि।”
विधिको अनुहारमा पनि चिन्ताका लहरहरु दौडिए।
निष्ठाले दुबैको वातचित सुनिरहेकी थिईन्।उनले इमानलाई पनि बोलाएर सरसल्लाह गर्ने सुझाव दिईन्।सल्लाह मनासिब र उचित थियो।
विधिले फोनगरेर इमानलाई पनि घरमै बोलायो।केहीबेरमा पिलन्धरे इमान आइपुग्यो।
इमानको हुलिया देखेर सिद्धान्तले भनिहाल्यो।
” किन यस्तो हालत बनाएको इमान। कुमकुम र बाउला फाटेको कोट छ, घुँडाघुँडामा टालेको सुरुवाल र टोपी पनि च्यातिएको छ।”
इमानले उत्तर दियो ! “मसँग भएको राम्रो लुगा नै यही हो त मित्र , अर्को कुन लगाउने र। यो पुरानो फाटेको भएपनि बेदाग र सफा छ।मलाई यही पहिरनमा गर्वछ।”
चारैजना कुराकानीपछि दसबजेदेखि सुरुहुने पार्टीको बैठकमा सँगसँगै जाने निधोगर्दै छुट्टिए।उनीहरूलाई पत्र पठाएरै निम्तो आएको थियो।खानपिनपछि विधिकै घरमा भेलाभएर सभास्थलतिर लागे।
सभाहल भव्य रुपमा सिंगारिएको थियो।सुरक्षाको पोख्त व्यवस्था मिलाइएको थियो।सम्मेलनमा राज्यकोषबाट सबै खर्च व्यहोरिने अघोषित निर्णय भएको थियो।सभाहल र नेताहरूको सुरक्षाका लागि राज्यसंयन्त्रका सुरक्षा कर्मचारी सक्रियरुपमा खटिएका थिए।नेतृत्व वर्गलाई आफ्नै पार्टीका कार्यकर्ताबाट समेत सुरक्षा चुनौति थियो।
सभाहल परिसर नियाल्दै गर्दा चारैजनाका आँखा एकैपटक ठूलाठूला अक्षरमा लेखेर मूलप्रवेशद्धारमा टाँगिएको ब्यानरमा ठोक्किए।
ब्यानर पढेर उनीहरू आश्चर्यमा परे।
केही क्षणको गम्भीर मौनतापछि चारैजनाले आफूहरुलाई ” अक्षरको आग्लो” लगाएको ठहर गरे।
उनीहरूलाई आफूहरु अपमानित भएको महसुस भयो।बैठक हलमा प्रवेश नगर्ने निधोगर्दै गेटबाटै फर्किए।
ब्यानरमा प्रष्ट लेखिएको थियो।
” निष्ठा सिद्धान्त विधि र इमानलाई सभाहलमा प्रवेश निषेध ।”
©
neupanebrutts@gmail.com



