स्रष्टा परिचय:- लघुकथाकार राजेश भट्टराई ज्यूकाे जन्म २०४० श्रावण २६ गते पिता बिश्वनाथ भट्टराई र माता बिजया भट्टराई काे सुपुत्रकाे रूपमा काठमाडौंमा भएकाे हाे।उहाँले अार्युवेद चिकित्सा शास्त्रमा स्नातक गरि हाल माता मनकामना अार्युवेद क्लिनिक प्रा. ली सुर्खेतमा सहायक चिकित्सक पदमा कार्यरत हुनुहुन्छ। सैनामैना ११ रूपन्देही सुर्खेतलाई अाफ्नाे कर्म क्षेत्र बनाउदै नेपाली लघुकथा क्षेत्रमा पनि कलम चलाउदै अाउनु भएका स्रष्टा हुनुहुन्छ राजेश भट्टराई । उहाँकाे पहिलाे लघुकथा” लघुकथा पाठशाला” फेसबुक पेजमा प्रकाशित भएकाे थियाे। हाल उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पनि उतिकै सक्रिय भएर लघुकथाहरू पाेष्ट गरिरहनु भएकाे छ। उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे कथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै
लघुकथा:हत्तेरिका
“हजुर नमस्कार, तपाईको बुवाले मेरो दाई विदेश जाँदा सामान पठाइदिनु भएको छ।तपाई लिन आउनु हुन्छ कि मैंले लिएर आऊ”?
“म आउँन भ्याउदिन तपाईले ल्याई दिएर आउँनुस”।
“भ्याउन त म पनि कहाँ भ्याउछु र।काममै व्यस्त हुन्छु।फेरि गाडीमा पठाइदिउ भन्न पनि यहाँबाट सिधैं त्यहाको लागि गाडी लाग्दैन्।कुरिएर गर्न पनि फुट्ने सामान छ।फुट्ने हो कि?आउन पनि चार पाँच घण्टा लाग्छ।दिनभरि ड्युटी गरेर भ्याए पछि रातीमा मात्र आउँन सक्छु”।
“रातीमा”?
“हजुर रातीमा”।
मन गर्हुङ्गो बनाई भने “हुन्छ आउनुस”।
“ल ल आउँदा फोन गरेर आउँछु।अहिलेलाई बाई”।
यति भनेर फोन राख्यो।”रातीमा आउँछु भन्छ।कस्तो मान्छे हो?के हो?मलाई केही गर्ने हो की”?मनमा यस्तै कुरा खेल्न थाले।
पाँच दिनपछि फेरि फोन गरेर भन्यो।”आज साँझ पाँच गाडी चढेर दश बजे सम्म आइपुग्छु”।
मैले आफुलाई केही गर्न खोज्छ कि भनेर बचाउको उपाय गर्न थाले।एउटा भान्सा र सुत्ने कोठा मात्रै भारामा लिएकी थिए।एउटा मात्र खाट थियो।कलेजको साथी सँग दश हजार सापट मागेर पाँच हजारको सामान्य खाट किनेर भान्सामा डोसाए।डसना सिरक सिरानी गरेर पाँच हजार खर्च भयो।दुई घण्टा पर जागिर गर्ने ठुलो बुवाको छोरीलाई फोन गरे आउन भने।
“के गर्ला र त्यस्तो नडरा भो”।दिदीको जवाफ आयो।मैंले धेरै जोड गरेंपछि हार्न नसकेर “ल ल आउँछु” भनीन।केही गर्न खोज्यो भने हान्न दुई वटा बलियो लाठी ठीक्क पारेर कोठामा राखें।
दिदी राती साँढे आठ बजे आइपुगिन्।उ दश बजे आइपुग्यो।आएर एक गिलास पानी खाएपछि सामान दिँदै भन्यो:-“ल राख्नुस्।अब म जान्छु”।
“यति राती कहाँ जानेँ।आज यतै बसौ”।
“राती भएर के भो र? गाडीमा जाने हो हिँडेर होइन भोली फेरि ड्युटीमा जानु छ”।
“खाना त खाएर जानुस्”।
“ल ल त्यसो भए छिटै पस्किनुस।आधा घण्टा पछि गाडी आउँछ”।
बिस मिनेटमा खाना खाएर गयो।
नयाँ खाट डसना सिरक र लाठीले मलाई हेरेर हाँसीरहे।



