स्रष्टा परिचय:- पिता बद्रीप्रसाद जैसी र माता नन्दकला जैसीकाे सुपुत्रीकाे रूपमा बि.सं २०५० फागुन १ गते बिरेन्द्र नगरपालीका – ३ ताताेपानी सुर्खेतमा जन्मिनु भएकि स्रष्टा काैशिला अधिकारी लघुकथा, कथा र कविता बिधामा कलम चलाउँदै अाउनु भएकि एक स्रष्टा हुनुहुन्छ। मध्यपश्चिमाञ्चल बिश्वबिद्धालय बिरेन्द्रनगर सुर्खेतमा एम एड दाेस्राे बर्षमा अध्यनरत स्रष्टा काैशिला अधिकारी ज्यूका लघुकथाहरू, कथाहरू, कविताहरू विभिन्न फेसबुक पेजमा प्रकाशित हुँदै अाएका छन्। स्रष्टा काैशिला ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कम मा स्रष्टा परिचय सहित उहाँकाे लघुकथालाई प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र सफलताकाे कामना गर्दछाै।
लघुकथा :- छाउपडि
नाम :- कौशिला अधिकारी
मेरो घर नजिकै एउटा सानो घर छ । त्यो घरमा चार जनाको मिलेको सानो परिवार छ । उनिहरु गाउँमा दु:ख पर्दा सबैलाई सहयोग गर्ने गर्छन । तर घरमा बुहारी महिनावारी हुँदा घरमा बस्न नदिई घर भन्दा अलि टाढा एउटा सानो खरले छाएको गोठमा बस्न बाँस बनाई दिएका हुन्छन । ती बुहारीलाई ती सासू ससुराले दहि,दूध खान दियो भने देवता रिसाउन र खोट लाउछन भनी कहिल्यै पनि दहि,दूध खान दिएनन् ।
त्यो घरकी बुहारीले महिनावारी हुदाँ रोटि मात्र खाएर छ सात वर्ष पार गरेकी थिइन् ।अठौ वर्षमा प्रवेश सङ्गै असार महिना पनि थियो । उनी महिनावारी भएरको बेला घरमा बसौ भने गाँउका मान्छेले त्यो पलानाकी बुहारी बौलाइ छे पागल भइछे भन्दै खेदे खन्ने डरले उनी त्यहि छाउपडि गोठमा बस्न बाध्य भए । महिनावारी भएको चार दिन भएको थियो । उनी दिनभरी काम गरि थाकेकाले म चाडैँ सुते । भुसुक्क निदाएको बेलामा घनाघोर जङगल बाट म सुतेको गोठमा सुटुक्क छिरि मलाई डसेछ । उनी निन्दामा मस्त थिइन उनलाई थाहा भएन।
उनी झल्याष्स बुउँझिन्छिन्।उनको शरीर भारी भएको र नाख र मुखवाट रयाल मात्र बगेको हुन्छ ।उनी रोई कराई गर्छिन । उनी कराएको सुनेर घरका सबै जना अाएर के भो तलाई भन्छन् ।मैले भने सर्पले मलाई म सुतेको बेलामा सर्पले डसेछ् । मलाइ थाहा भएन । एक्कासि बुउझिएर अहिले थाहा पाए भन्न के पाएकी थिए । चुपचाप लागेर अहिले सुत कसैलाई भन्न हुदैन । अहिले राति भोलि उज्यजलो भएपछि झारपुक गर्ने बैध्य ल्याउला भन्दै घर तिर गए । तर बिहानको नौ बजि सक्छ केही पनि वास्ता गर्दैन । म अन्तिम अवस्तामा पुगेको भान हुन्छ । बैध्यले अस्पताल लैजाउ यहाँ हुदैन भन्छन । अस्ताल लिने भनेर घरबाट हिडेको दुई घण्टा पछि उनको भौतिक शरीर यो सँसारमा रहदैन् । उपचार गर्न भनेर गएका सबै उनको मलामि भई उनलाई जलाएर रित्तो हात घर फर्किए । सबै जना पश्तापमा परेछन ।।…….
वि .न. पा. ३ सुर्खेत



