स्रष्टा परिचय / जीवन दाहाल


स्रष्टा परिचय:- लघुकथाकार जीवन दाहालकाे जन्म २०२२असार ३ गते पिता टीकाप्रसाद दाहाल र माता दयावती दाहालकाे सुपुत्रकाे रूपमा साबिक बाेया गा. बि . स. भाेजपुरमा भएकाे थियाे। उहाँकाे पहिलाे कथा ” अायू” जलजला मासिकमा २०५२ मा प्रकाशित भएकाे थियाे। उहाँले लघुकथा फेसबुक पेजहरूमा पाेष्ट गर्दै आउनु भएका कथाहरू अाम पाठकहरूले पढ्दै अाएका छन्। आधुनिक नेपाली नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कम मा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन एवं साहित्यिक प्रगतिकाे कामना गर्दछाै।

“लघुकथा/खडेरी”
जीवन दाहाल

उसले पहिलो भेटमा यसरी बखान गरेको थियो आफ्ना मृत पिताको-
बुझ्नु भो दाइ ? मेरा बा पन्च भएर पनि साह्रै ईमानदार राजनीति गर्नु हुन्थ्यो ।

मन्त्रीसम्म हुँदा पनि उहाँमा कहिल्यै न दम्भ देखियो मन्त्री हुनुको न कहिल्यै न घमण्ड गर्नु भो पावरको ।

जहिले पनि जनताको दु:ख सुखमा साथ दिएर सधैं जनताको नजरमा एक नम्बरको एक नम्बर ।

अनि आफ्नो बखानमा थपेको थियो-

त्यस्ता जनप्रेमी पिताको सन्तान हुँ म । त्यसैले म मेरा हरेक काम मेरा स्वर्गीय पिता र उहाँको इज्जतको स्मरण गर्दै गर्ने गर्छु म ताकि म पथ भ्रष्ट हुनबाट जोगिउँ र पिताले देखाउँनु भएको आदर्शको अनुसरण गर्न सकुँ ।

म पनि मख्ख भएको थिएँ उसका कुराले र मनमनै भनेको थिएँ-“योग्य संन्तानको खडेरी त अझै कहाँ परेको छ र ?

अनि हामीले हार्दिकता, विश्वास र मोबाईल नम्बर साटासाट गरेका थियौं एकापसमा ।

केही दिनमैं उसले फोन गर्‍यो र हत्तारिदै भन्यो-“दाइ मैले लिन खोजेको ललितपुरको जग्गा त अस्तिको भन्दा पनि एक आनै बढी पो देखाए त । म बिनाबिथ्थामा अठार लाख बढीमा पर्नें भएँ दाइ ।”

“कसले देखायो र ?”-मैले जिज्ञासा राखें ।

अमिनले दाइ ।

“‘जमिन कि अमिन’- भन्छ्न् । अब अमिनले नै बढी छ भनेपछि त सक्की गो नि”-मैले बिट मार्ने कोशिस गरें ।

“त्यसो होइन दाइ, मेसिन लगाएर नपाई दिनु पर्‍यो । परेको खर्च म व्यहोरुँला ।

“महङ्गो पर्छ भाइ थोरैमा पनि पचिस हजार पर्न आउँछ”-मैले यथार्थ बताएँ ।

“यहाँ अठार अठार लाखको कुरा छ दाइ पनि …।

मेसिन लगाएर नापजाँच गरि काम फत्ते गराएको निकै लामो समयसम्म उ सम्पर्कमा आएन अनि मेसिनवालाले निकै कर कर गरेपछि एकदिन आफैंले फोन गरें र भाइमात्र के भनेको थिएँ उसैले लट्टे पड्किए झैं पड्किएर भन्यो-“दस हजार मैं हुने कामलाई तपाईंले बढी लगाइ दिनु भएछ । म त दिन सक्तिन त्यत्रो पैसा त ।”

“मैले मेसिन लगाएर उसको अठार लाख रुपैयाँ जोगाएको सम्झिएँ, उसले बखान गरेको उसको बाबुको इज्जत सम्झिएँ तर उसले पचिस हजार मैं बाबू बिर्सियो ।”

कसैको केही लाग्छ त ?

गौरादह-७, झापा ।

यसमा तपाइको मत