स्रष्टा परिचय / अमित घिमिरे

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- लघुकथाकार अमित घिमिरेकाे जन्म बि.सं २०३३ मङ्सिर १ गते पिता रामप्रसाद घिमिरे र माता कृष्णमाया घिमिरेकाे काेखबाट चाैतारा साँगाचाेक गढी, सिन्धुपाल्चोकमा भएकाे हाे। उहाँले कानुन बिषयमा स्नातक गर्नु भएकाे छ। हाल उहाँ अाेखरेली साप्ताहिककाे कार्यक्रम निमार्ण तथा प्रस्ताेता/ “मेराे जीवन कथा” रेडियाे सिन्धु १०५ / सिन्घु एफएम १०२.८ / “जमना” रेडियाे सिन्धु १०५/ रेडियाे मेलम्ची १०७.२/ रेडियाे हेलम्बु ८९.६/ “एकान्वास” रेडियाे सिन्धु १०५/ सिन्धु एफएममा मा कार्यक्रम सम्पादन तथा प्रस्ताेताकाे रूपमा काम गर्दै अाउनु भएकाे छ।२०५०काे दशकमा कविता लेखन र नाटक मञ्चनबाट साहित्य क्षेत्रमा प्रवेश गर्नु भएका घिमिरे ज्यूका प्रकाशित कृतिहरूमा, तिम्राे यादमा( कथा संङ्ग्रह- २०५४) प्रजातन्त्र ( सयुक्त हाइकु-२०६१) अार्तनादहरू( साहित्यिक संङ्ग्रह-२०६२) हाम्राे बर्णमाला (लेखन र सम्पाद- २०६४) सम्झनाका तरेलीमा झपडबहादुर( सम्पादन / संयाेजन – २०६५) सलह ( लघुकथा सङ्ग्रह-२०६२) स्थानिय पाठ्यपुस्तक लेखन/ सम्पादन २०६१ रहेका छन्।उहाँका एकल अमृर्त चित्रकला-२०६४/एकल जराजुरी कला २०६५ प्रर्दशनी भैसकेका छन्। बहुप्रतिभामुखी घिमिरे ज्यूका दर्जनाै गीतहरू लेखन र रेकर्ड सम्म भैसकेका छन्। उहाँले प्राप्त गर्नु भएका सम्मान र पुरस्कारहरूमा- बेष्ट लिरिस एवार्ड – २०५९/प्रगतिकला सम्मान-२०६४, चन्द्रयुग कला कदर- २०६६,जराजुरी कलामा उत्कृष्ट लघु घरेलु तथा उधमी पुरस्कार-२०६६,जमघट कला सम्मान-२०७१,एम्बेष्टर फर पिस ( युनिभर्सल पिस फेडरेसन२०७०) ,भक्तपुर साहित्य सम्मान-२०७१,सिन्धु ज्वाला सााप्ताहिक सुत्रधर सम्मान -२०७३, उत्कृष्ट कार्यक्रम उत्पादन( मेराे जीवन कथा २०७३) बनदेबी साहित्यकला सम्मान २०६३, क्यान सिन्धु सम्मान२०७५, जुगल सनहित्य सम्मान -२०७५ बाट उहाँ सम्माानित भैसक्नु भएकाे छ । शब्द सारथीका संस्थापक अध्यक्ष / सिन्धु साहित्य अभिलेखालय संस्थापक अध्यक्ष भई भाषा साहित्यकाे सेवा गर्दै अाउनु भएका स्रष्टा हुनुहुन्छ अमित घिमिरे ज्यू! उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई अाज खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

चैत्रको पट्यारलाग्दो दिन । चट्चट् पसिना काढेर एक विद्यार्थी आफ्नो
अभिभावकसँग प्रवेशिका परीक्षा समाप्त गरेर घरमा फर्कंदै थिए । गाउँको प्रायसो
गोठहरू हटिसकेका थिए । कतै–कतै पाटाहरूमा मकैका सुईराहरू उठ्दै थिए ।
टाढा–दुर कुकूर भूकिरहेथ्यो । बाटोमा क्वै मानिस भेटिन गा¥हो पर्दथ्यो । यसर्थ दुई
काका–भतिजबीचको वार्तालाप गहिरो थियो । अगाडिदेखि भूकिरहेको भयंकर कुकूरको
नज्दिक पुग्दा ती दुईको वार्तालाप टुट्यो । कुकूर पासोमा अल्झेको थियो । दुबै
कुकूरको नज्दिकसम्म पुगें, कुकूर झन् करायो । काकाले आफ्नो भारी बिसाए र
भतिजलाई केही माथि डिलमा बस्न लगाए । कुकूरको खुट्टा नजिक पुगी जसै हात
खुट्टोको पासो गाठोमा पुगेथ्यो कुकूरले टोकिदियो तथापि काकाले कुकूर फुकाइ
छाडे । कुकूर फूत्त डराउँदै भाग्यो । काकाको हात रक्तमुच्छेल भयो । विद्यार्थी भतिज
डिलबाट ओर्लंदै बोल्यो “आ….काका पाखे पनि…….कस्तो बुद्धी….. कुकूर जस्तोलाई
उपकार गर्ने…. ।” उ जोडले हाँस्यो । छेवैको वनमारा निचोरेर घाउमा झोल
तुप्क्याउँदै काका बोले “बाबु…… कुकूरको स्वभाव टोक्नु हो । जन्मजात गुण,
विपत्तीमा परेको बेला मान्छे आफ्नो गुण देखाउनु भन्छन्…मैले यसै गरें ।” काकाको
आशय बुझेर विद्यार्थी भतिज लज्जित भयो ।

यसमा तपाइको मत