लघुकथाकार गाेविन्दबहादुर कुँवरकाे जन्म बि.सं २००८भाद्र २६ गते सुन्दर बजार – ८ भाेटअाेडारमा पिता थमानसिंह कुँवर र माता बुधकुमारी कुँवरकाे सुपुत्रकाे रूपमा भएकाे थियाे।उहाँकाे पहिलाे रचना ” मेराे देश कविता” २०२६ प्रकाशन भएकाे हाे। हालसम्म उहाँका प्रकाशित कृतिहरूमा , “समयका पदचापहरू” कविता सँगालाे – २०४७ ,माैन अावाजहरू” कविता सँगालाे – २०४८, ताते ताते बालगीत २०५८(साझा प्रकाशन) , कथा जस्ताे कथाहरू” कथा सँगालाे, ” भाेटे चाैरकाे कथा” गैर अाख्यान २०७५ रहेका छन्। उहाँले दूध पाेखरी लमजुङ कविता सँगालाे-२०४४ सम्पादन गर्नु भएकाे थियाे। कविता महाेत्सव -२०४३, राष्ट्रिय प्रतिभा पुरस्कार-२०५३ र शिराेमणी पुरस्कार -२०६१ बाट उहाँ सम्मानित हुनु भएकाे छ। उहाँले आधुनिक लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे कथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
साेचाइ
लघुकथा
गाेविन्दबहादुर कुँवर
विहानकाे खाना खाए पछि गाैरीधर बाजे पहार ताप्न अाँगनकाे छेउमा लम्पट अाेछ्याएर पल्टे । एकै छिनमा उनी अाँखा मसिना पार्दै उँग्न थाले ।
उनकाे घरकाे तल माथि नयाँ घर बन्दै थिए । खेतलाहरु कल्याङ मल्याङ गर्न थाले पछि उनले ब्युँझिए जस्ताे गरे ।
वास्तबमा उनी सुतेका थिएनन्, सुतेजस्ताे मात्र गरेका थिए । उनी त चिन्तन हैन, चिन्ताकाे सागरमा डुबुल्की मारिरहेका थिए । जिन्दगीका नमिलेका हिसाबहरुकाे लेखाजाेखा गरिरहेका थिए । उनलाई एक तमासकाे अत्यासले लखेटिरहेकाे थियाे ।
खेतलाहरुले साेचे गाैरीधर बाजे कति सुखी छन् ! हिली हात न धुली हात ! न कसैकाे टरटर, न कसैकाे गनगन । उता महिनै पिच्छे पिनसिन !
गाैरीधर बाजेले साेचे यी खेतलाहरुभन्दा सुखी काे हाेला ! छिनछिनमा जिस्केका छन्, ठट्टा गरेका छन् ! सक्कली हाँसाे हाँसेका छन् !
न कुनै तनाव छ, न कुनै चिन्ता !
न कब्जियत न पखला !



