स्रष्टा परिचय / जनक सिग्देल

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- लघुकथाकार जनक सिग्देलकाे जन्म बि.सं २०२४ साउन ९ गते श्री गणेशमान चारनाथ न. पा . भरतपुर धनुषामा पिता श्री चन्द्रबहादुर सिग्देल र माता जानकी देवी सिग्देलकाे सुपुत्रकाे रूपमा भएकाे थियाे। एस.एल.सी सम्मकाे अध्यन गर्नुभएका जनक सिग्देल ज्यूले २०४५ सालदेखि गजल, कविता, मुक्तक, कथा र लघुकथा लेख्दै अाउनु भएकाे छ। अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गरेकाे लघुकथालाई आज खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा : – भिन्नता
जनक सिक्देल
” कत्ति कचकच् गरेकी ? , ती बुहारीलाई। विचरी ! भर्खर‌ै सिक्दै छिन् । केही को पनि भेउ नै पाएकी छैनन् । बसेर पो सिकाउँनु पर्छ । अर्हाउँनु पर्छ । ”
” धेरै सीप् लाएर बोल्नु पर्दैन । अाफ्नो थान्कोमा गएर बस्नूस् । हामी सासू बुहारीकी कुरा हो । धेरै छाडा छोड्नु हुँदैन । भोलि मात्तिएर हिँड्छे । भनेको टेर्दिन । अाफ्नै खुशी गर्छे । सम्हाल्न निक्क नै गार्हो हुन्छ । ”
” कडाइ त गर्नु पर्छ । तर ठीक्कले । नत्र , वहकिन सक्छिन् । मन् उथलपुथल् हुँन सक्छ । ”
” ल … , हेर्नूस् त । लेगिज भेष्ट लाउँनु पर्ने । कपाल थाइकट काट्नु पर्ने । मलाई त , बुहारीकी यस्तो चालचलन् पटक्कै मन् परेन । ”
” यस्तो पूरानो सोच् राख्नु हुँदैन । समयानुसार चल्नु पर्छ । उनको पनि भित्री ईच्छा र चाहना बुझ्नु पर्छ । लाएर के भयो त ? लाउँन देऊ न । ”
” बुहारीलाई टाउकोमा चढाउँने अर्थात् बहसाउँने , हजुर नै हुनुहुन्छ । ” अनारकली यसो भन्दै जङ्गिइन् ।
उमाकान्त घरायसी कामले , बजारतिर गए । अाफूलाई चाहिँने सामानहरू , चिनी , चियापत्ति , मरमसला इत्यादी किने । छोरी र बुहारीकी लागि , जिन्सको पाइन्ट् र ज्याकेट् पनि किने । अनि घर अाए । र , भने , – ” बुहारी , यो कस्तो छ ? लाऊ त । ”
श्रीमानको यस्तो कुरा सुनेर , उनी फुत्त बाहिर निस्किइन् । र , भनिनन् , – ” बुहारी मान्छेले , यो लाउँनु हुँदैन । सारी चोलो लाउँनु पर्छ । घरमा नै बस्नु पर्छ । छोरी मान्छे जस्ती नभइ , बुहारी मान्छे जस्ती हुँनु पर्छ । ”
” सबैका , छोरी बुहारीले लाएकी छिन् त । हाम्रीले पनि , लाउँदा के हुन्छ ? बुहारी पनि , कसैकी , छोरी नै हुन् । मनमा लागेको कुराहरू बोल्न पाउँनु पर्छ । अाफ्नो हक् अधिकारको प्रयोग गर्न पाउँनु पर्छ । छोरी र बुहारीमा के अन्तर छ र ? ” उमाकान्तले बलियो तर्क दिए ।

यसमा तपाइको मत