स्रष्टा परिचय / दिपक खनाल ” अगम”

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- लघुकथाकार दिपक खनाल ” अगम” काे जन्म बि.सं २०३२ कार्तिक २९ गते रत्ननगरपालीका चितवनमा माता झुम्कादेवी खनाल र पिता रामबहादुर खनालकाे सुपुत्रकाे रूपमा भएकाे थियाे। उहाँले ताइवानबाट स्नातक सम्मकाे शिक्षा हासिल गरि हाल ताइवानमा अध्यापन पेशामा संमलग्न हुनुहुन्छ। उहाँकाे पहिलाे लघुकथा ” आमा” शिर्षककाे ” मदुस” लघुकथा संङ्ग्रहमा समावेश भएकाे छ। हाल लघुकथा लेखनमा सक्रिय हुनु भएका दिपक ज्यूले अाधुनिक लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेजअनलाइन डट कममा प्रकाशित गरेकाे छु।हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा:- जडाैरी जुत्ता
दिपक खनाल अगम

बिहान स्कुलमा प्रार्थाना गर्दा शरीर तन्दुरुस्त बनाउन शारीरिक व्यायाम पनि गर्नु पर्थ्याे । एक दिन चड्कन किक (सल्याप किक) हान्दा मेराे जुत्ता उछिट्टिएर मैले मन पराउने मेरै एक तर्फि लभरकाे छातीमा बजारिन पुग्याे । उनी रिसले मलाई कुन्नि के के भनिन् । म लाजले भुतुक्कै भएर हाेला केही बुझेंकाे थिइनँ ।

फेरि केही दिन पश्चात् स्कुलकै आफुभन्दा सिनियर कक्षाको डनकाे हाउभाउ भएकाे सिनियरकाे ढाडमा जुत्ता बजारिन पुग्याे । उसले रिसले चाेर औंला हल्लाउँदै देखायो । त्यस दिन पछि म ऊ बाट भाग्दै एक कोश टाढा बाट हिड्न थालें । धिक्कार रहेछ जिन्दगी । “कस्ताे विडम्बना !” फेरि केही हप्ता पछि हथाैडा किक (ह्यामर किक) हान्दा समाल्दा समाल्दै पनि जुत्ता उछिट्टिएर प्रधानाध्यापककाे गालामा जाेड्ले लाग्न पुग्याे । उहाँले जुत्ता राम्रोसँग बाध्न पर्दैन गाेरु.., भन्दै गालामा तोरीको फूल देखिने गरि दुई चड्कन हान्नुभयाे । म त्यहीँ ढल्नबाट जाेगिएँ ।

त्यस दिन स्कुल पछि घरमा आएर खुब राेएँ ! अनि गाउँले दाइले दिएको आफ्नाे खुट्टा भन्दा ठुलो,थोत्रो र बेस्सरी बान्दा पनि फुत्किएर जाने जुत्तालाई हार्दिक श्रद्धाञ्जली दिएँ । दिनभरि स्कुलमा भएको लाज र अपमानले रातभरि निन्द्रा लागेन । त्यस समयमा सरकारी विद्यालयमा ताेकिएकाे शुल्क तिर्नलाई धाै धाै पर्ने, मेरी कृषि ज्याला मजदुरी गर्ने एक्लि आमालाई जुत्ता जुत्ता भनेकाे वर्षाै बितेको थियाे । त्यसैले स्कुल छाेडेर एक जाेर जुत्ता लगाउने चाहनाले शहर पसें ।

एक डेढ घण्टा हाेटल, हाेटलकाे ढाेका चहार्दा एउटा हाेटलमा भाडा माझ्ने काम पाएँ । पहिलो पटक तीन डाेकाे जति भाडा माझ्दै थिएँ । दुबै खुट्टा गुमाएका मेरै उमेरको साहुजीकाे छाेरा स्वाभिमान बैसाखीकाे सहाराले स्कुल जान लगेकाे देखें । मनमा जीवनको सबैभन्दा ठुलो आधिवेरी आयो । बेलुका खाना खाने बेलामा स्वाभिमानले मलाई साेधे, “भाग्य ! तिमी यस्तो कलिलो पढ्ने उमेरमा पनि किन यहाँ काम गर्न आएको ?” म जुत्ता नभएर भन्न सकिंन । तर, उनकाे प्रश्नले जुत्ताको रहर बाेकेर हिडेकाे मान्छे शिक्षाको महत्त्व राम्ररी बुझेर फर्किएँ ।

यसमा तपाइको मत