म्यानमारको नरसंहार रोक्न अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले दियो सैनिक शासकलाई यस्तो चेतावनी(विज्ञेप्ती)


म्यानमार जनताप्रति बढ्दै गएको भीषण सैनिक तथा नरसंहारकारी दमनप्रति अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले को गंभीर ध्यान आकर्षित भएको जनाएको छ ।

त्यहाँको जननिर्वाचित सरकार र संसदलाई समेत भंग गरेर त्यहाँको सैन्य सरकारले व्यापक फासीवादी दमनको नीति अपनाएको भन्दैं संगठनले अहिलेसम्म म्यानमारमा ४०० भन्दा बढी मानिसहरुको नरसंहार गरिएको छ जनाएको छ ।

संगठनले म्यानमारमा सैनिक फासीवादी दमनको कडा शब्दमा घोर विरोध र भ्रत्रसना गर्दै म्यानमारका जनताको ऐतिहासिक आन्दोलनसित ऐक्यबद्धता प्रकट गरेको छ ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले म्यानमारको फाषिष्ट तथा तानाशाही सैनिक शासकहरुलाई त्यहाँको जननिर्वाचित सरकार र संसदको पुनर्वहाली गर्न तथा  लोकतन्त्रको र मानवाधिकारको सम्मान गर्न आह्वान समेत गरेको छ ।

विज्ञेप्तीको पूरा पाठ –

म्यानमार जनताप्रति बढ्दै गएको भीषण सैनिक तथा नरसंहारकारी दमनप्रति विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको गंभीर ध्यान आकर्षित भएको छ । त्यहाँको जननिर्वाचित सरकार र संसदलाई समेत भंग गरेर त्यहाँको सैन्य सरकारले व्यापक फासीवादी दमनको नीति अपनाएको छ । आजसम्म म्यानमारमा ४०० भन्दा बढी मानिसहरुको नरसंहार गरिएको छ, जसमा दुई दर्जनभन्दा बढी बालबालिकाहरु रहेको बताइएको छ । हजारौंलाई गिरफ्तार गरेर जेल हाल्नुका साथै हजारौंलाई घाइते तुल्याइएको छ । व्यापक सैनिक दमनका बावजुद सिमित लोकतन्त्रको रक्षा तथा त्यहाँको सैनिक दमनका विरुद्ध जनताले सशक्त रुपले आन्दोलन सञ्चालन गर्नु स्वागतयोग्य विषय बनेको छ ।  हाम्रो संगठनले म्यानमारमा सैनिक फासीवादी दमनको कडा शब्दमा घोर विरोध र भ्रत्रसना गर्दै म्यानमारका जनताको ऐतिहासिक आन्दोलनसित ऐक्यबद्धता प्रकट गर्दछ ।  यसका साथै हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र म्यानमारको फाषिष्ट तथा तानाशाही सैनिक शासकहरुलाई त्यहाँको जननिर्वाचित सरकार र संसदको पुनर्वहाली गर्न तथा  लोकतन्त्रको र मानवाधिकारको सम्मान गर्न आह्वान गर्दछ । र, त्यहाँको सैनिक शासकहरुलाई नरसंहार तुरुन्त बन्द गर्न कडा शब्दमा आह्वान गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित । मिति : ३० मार्च २०२१ (हस्तबहादुर केसी)
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल

यसमा तपाइको मत