” छु ” मतलब

- रत्नप्रसाद अनामनि श्रेष्ठ ,नाला काभ्रे


 

अक्सिजनको ग्यास सिलिन्डर

लुकाएर मर्नु पो मर्नु किनकि

आफू मरे पनि

आफ्नो सन्तानको भबिस्य सुनिश्चित छ भने हुन्छ

राष्ट्रको ढुकुटी खानु सम्म खाएर मर्नु पो मर्नु किनकि

मलाई अर्को जुनिको बिश्वास छैन।

आफ्नै सन्तानहरुलाइ मात्र ठुला पोष्टमा राखेर मर्नु पो मर्नु किनकि

मेरो सन्तान र मेरा आसेपासे अनि हुक्के, चम्चे , छाते बाहेक

म कसलाई बिश्वास गर्न सक्छौ र?

देश रहे म रहने हो
म नै रहेन भन्ने को नै रहन्छ र?

अनि त्यो गुण्डे , अनि घुसखोरी , कमिसन तन्त्र कोही रहन्दैन
मेरो कम्तीको जिम्मेवारी छ ?

त्यसैले मलाई अस्पतालमा अक्सिजन भए होस या नहोस ” छु ” मतलब ?

देशमा कोरोनाले सखाप पारोस या
लास बनोस ” छु ” मतलब ?

लासहरु गिध्दले खावस कि स्यालले

दाउरा नपाएर खोलामा बगोस कि नदीमा

खाध्यान्न नपाएर भोकै होस कि औषधी नपाएर

पशुपति नाथले बचाउन कि बिदेशी आशीर्वादले “छु ” मतलब ?

यसमा तपाइको मत