
नयाँ सदस्यको आगमनको पर्खाइमा छौं आफन्तहरु
भुगर्भमा आउन खोजिरहेछ एउटा शिशु
आमालाई सताइरहेछ प्रसव पिडाले
एक छिनमै पिडा विलाउँछ सन्तानको रुवाइले पनि
अनि आमाको दर्द लुकेको अनुहारमा पलाउंँछ हांँसो
आमा हुनु त
दु:खमा पनि हाँस्नु रहेछ
न कसैको चर्को आवाज सुनिन्छ न कसैको छ स्नेह
छोपिएको लाज पनि हराउँछ सृष्टिको नियममा ।
बा बन्न कति सजिलो आमा बन्न कति गाह्रो
सृष्टिको नियम नै कति अफ्ट्यारो
छेउमै बसेको श्रीमान श्रीमतीको पिडा देख्न नसकी कोल्टे फेर्छ
अनि सम्झन्छ
मेरी आमालाई पनि यतिकै दु:ख भयो होला म जन्मदा
मैले त श्रीमतीलाई प्रसुती केन्द्रसम्म पुर्याए
तर तर
मेरी आमाले भैंसी गोठमा मलाई जन्मदिदा कसले सहारा दियो होला,
आमा तिमीले साच्चिकै कसरी सम्हाल्यौ मलाई
मलाई मात्रै हैन मेरा दाजु दिदीहरुलाई
अनि त्यत्रो घरबारी
आमा हुनु त
भिरको बाटो हिडनु जस्तै रहेछ
प्रसुती गृहबाट फर्केपछि
मैले सोचे
सन्तानका लागि बाच्नेहरु महान हुन्छन्
र त आमाहरू महान हुन्छन्



