
स्रष्टा परिचय:- पिता रेमन्तराज थापा र माता गायत्री थापाकाे काेखबाट वि.सं २०२९ बैषाक १२ गते कागेश्वरी न. पा डाँझीमा जन्मनु भएकाे हाे कवि रेणुका थापा अधिकारी । उहाँले बि.ए सम्मकाे शिक्षा हासिल गर्नुभएकाे छ भने उहाँकाे पहिलाे” बिन्ती” शिर्षककाे कविता २०७० मा सुर्यदय पत्रिकामा छापिएकाे थियाे। उहाँका प्रकाशित कृतिहरूमा अनुभुति कविता सङ्ग्रह र संयुक्त कविता सङ्ग्रह कल्पलता -२०७७ रहेका छन्।कविता, लघुकथा,मुक्तकहरू क्रमश कपन बानेश्वर, सुर्यदय पत्रिका, प्रहरी द्वैमासिक पत्रिका, नागरिक न्युज, संसाक मासिक, लहरा त्रैमासिकमा प्रकाशित भइरहेका छन्। शब्द रचना र अाफ्नै स्वरमा उहाँका पाँच अाेटा गीत रेकर्ड भएकाछन् उहाँले आधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नुभएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु।
(लघुकथा) चुरोट
पुस महिनाको चिसो ठण्डि अनि हुस्सुमा एकबिहानै प्रमोद चुरोट सल्काएर धुवाँ उडाउदै बिर अस्पतालको पेटिबाट हिडिरहेका थिए। जाडोमहिना भएकोले होला पसलहरु बन्द नै थियो र बाटो पनि सुनसानै थियो। ए भाइ एकछिन यता आउनुस त पछाडिबाट एकजना बर्दिवाला प्रहरि ले हातको इसाराले बोलाए । प्रमोद हातको चुरोट हातैमा किचुमिचि बनाउदै छिटो छिटो पाइला चाल्न थाले । प्रहरि उस्कै पछि लाग्न थाले ।
ला अब बित्यास पार्ने भयो प्रहरि ले धुम्रपान निषेधित क्षेत्रमा चुरोट पिउदै हिडे अब के गर्ने हुन यि मामाले ! प्रमोद कुदन थाल्यो । प्रहरि पनि झ्अन कुददै आएर पछाडिबाट प्रमोदको ज्याकेट मा समाते ।
प्रमोद डराएर दुइ हात जोडे,, सरि सर म बाट गल्ति भयो आइन्दा यस्तो गल्ति दोहोराउने छैन । जाडोले कामिरहेका प्रहरि जबानले भने भाइ मलाइ एउटा चुरोट दिनुस न ।
अस्तु
मौनता



